Logo

मंगलवार, आषाढ १४ गते २०७९

images

पोखराः ६ दिनमा एक तिहाइ गणना, गठबन्धन निरन्तर अगाडि

पोखराः ६ दिनमा एक तिहाइ गणना, गठबन्धन निरन्तर अगाडि

नेपालपाना जेठ ५ २०७९
  • 1.7K
    SHARES
  • पोखराः ६ दिनमा एक तिहाइ गणना, गठबन्धन निरन्तर अगाडि

    पोखरा। पोखरा महानगरपालिकामा बल्ल  एक तिहाइ गणना भएको छ । ३१ गते दिउँसोदेखि सुरु भएको गणना ६ दिन भैसक्यो । यही गतिमा गणाना भए अन्तिम नतिजा आउन अझै १० दिन लाग्ने देखिन्छ । तर, गणना स्थल बढाउने मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले बताए ।

    ५० हजार ११७ मत गणना हुँदा गठबन्धनबाट मेयरका उम्मेद्वार धनराज आचार्यले २ हजार भन्दा बढी मतान्तरले अग्रता लिएका छन् ।  आचार्यले २० हजार  ७४९ मत पाउँदा एमालेका उम्मेदवार कृष्ण थापाले १८ हजार ३६६ मत पाएका छन् ।

    यस्तै, उपमेयरमा एमालेका उम्मेदवारले अग्रता लिएकी छिन् । एमालेकी मन्जुदेवी गुरुङले १५ मतको अग्रता लिएकी हुन् । उनले २० हजार ९७७ मत पाउँदा गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले २० हजार ९६३ मत पाएका छन् ।

    जेठ ५, २०७९ बिहिवार १०:३०:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पोखरा महानगरपालिका

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend