Logo

शनिवार, मंसिर १७ गते २०७९

माओवादीले जित्यो १११ पालिकाको प्रमुख

माओवादीले जित्यो १११ पालिकाको प्रमुख

नेपालपाना जेठ ६ २०७९
  • 4.2K
    SHARES
  • माओवादीले जित्यो १११ पालिकाको प्रमुख

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले हालसम्म १११ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । 

    मतगणना सम्पन्न भएका पालिकामध्ये माओवादीले तेस्रो ठूलो संख्यामा विजय प्राप्त गरेको छ । 

    नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारपछि माओवादीका उम्मेदवार बढी पालिकामा विजयी बनेका छन् । 

    निर्वाचन आयोगका अनुसार हाल मतगणना भइरहेका पालिकामध्ये १२ वटाको प्रमुख तथा अध्यक्षमा माओवादीको उम्मेदवारले अग्रता लिइरहेका छन् । 

    आयोगले गत वैशाख ३० गते देशका सबै ७५३ वटै पालिकामा एकसाथ निर्वाचन गरेको थियो । निर्वाचन भएकामध्ये हालसम्म ६३५ वटा पालिकामा मतगणना सम्पन्न भइसकेको छ । 

    जेठ ६, २०७९ शुक्रवार ११:३८:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # माओवादी

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend