सर्लाही । सर्लाही जिल्लाका २० पालिकामा नेपाली कांग्रेसले १२ पालिका जितेर पहिलो दल बनेको छ । जिल्ला सभापति सुरेन्द्र सिंहको नेतृत्वमा कांग्रेसले ६ गाउँपालिका र ६ नगरपालिका जितेको हो । गाउँपालिकामा चन्द्रनगरको एक उपाध्यक्षबाहेक अन्य सबैमा अध्यक्ष र उपाध्यक्ष जितेको छ ।
जसमा कोडेना गाउँपालिका अध्यक्षमा रुपेशकुमार र उपाध्यक्षमा नगीना देवी निर्वाचित भएका छन् ।
चन्द्रनगर गाउँपालिका अध्यक्षमा राजकुमार महतो निर्वाचित भएका छन्। यहाँ उपाध्यक्ष माओवादी केन्द्रले जितेको छ । यसबाहेक अन्यमा भने कांग्रेसले अध्यक्ष र उपाध्यक्ष नै जितेको छ ।
धनकौल गाउँपालिका अध्यक्षमा रामआश्रय साह र उपाध्यक्षमा अकली सहनी निर्वाचित भएका छन् ।
पर्सा गाउँपालिकामा अध्यक्ष धीरेन्द्र राय र उपाध्यक्ष नुतन देवी निर्वाचित भएका छन् ।
ब्रह्मपुरी गाउँपालिकामा अध्यक्ष रामपदारथ साह तेली र उपाध्यक्षमा श्याकला यादव निर्वाचित भएका छन् ।
विष्णु गाउँपालिका अध्यक्षमा जवाहरलाल यादव र उपाध्यक्षमा उषा देवी निर्वाचित भएका छन् ।
त्यसैगरी ६ वटा नगरपालिकाको मेयर र उपमेयर नै कांग्रेसले जितेको छ ।
कांग्रेसबाट मंलगवा नगरपालिकाको मेयरमा नागेन्द्र प्रसाद यादव र उपमेयरमा शकुन्तला देवी साह निर्वाचित भएका छन् ।
हरिपुर नगरपालिकाको मेयरमा गोपाल पंजियार र उपमेयरमा निलमदेवी राय यादव निर्वाचित भएका छन् ।
हरिपूर्वा नगरपालिकाको मेयरमा विनोदकुमार साह तेली र सुमित्रादेवी ग्वारनी निर्वाचित भएका छन् ।
लालबन्दी नगरपालिकामा वासुदेव अधिकारी र उपमेयरमा कल्पनामाया पाख्रिन निर्वाचित भएका छन् ।
ईश्वरपुर नगरपालिकामा मनोजकुमार आचार्य मेयर र उपमेयरमा रंजितादेवी चौधरी निर्वाचित भएका छन् ।
कविलासी नगरपालिकाको मेयरमा ब्रह्मदेव राय र उपमेयरमा पुनम कर्ण निर्वाचित भएका छन् ।
बहुमत जितमा जिल्ला सभापति सुरेन्द्र सिंह र प्रदेश उपसभापति वीरेन्द्र सिंहले बधाई दिएका छन्।
'सर्लाहीका २० स्थानीय तहमध्ये १२ पालिकाको प्रमुख र ११ पालिकाको उपप्रमुखमा कांग्रेस जित्न सफल भएकोमा नवनिर्वाचित प्रमुख उपप्रमुख वडाध्यक्ष तथा सदस्यहरुमा बधाई तथा शुभकामना,' दुबै जनाले भनेका छन्।