Logo

मंगलवार, आषाढ १४ गते २०७९

images

विश्वले नकिन्दा रुसी तेलको व्यापक खरिद गर्दै चीन

विश्वले नकिन्दा रुसी तेलको व्यापक खरिद गर्दै चीन

नेपालपाना जेठ ६ २०७९
  • 23.9K
    SHARES
  • विश्वले नकिन्दा रुसी तेलको व्यापक खरिद गर्दै चीन

    काठमाडौं । युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमा मुलुकहरुले रुसी उर्जा कटौती गर्न खोजिरहेका बेला चीनले भने रुसी उर्जाको खरिद बढाएको रोयटर्सले रिपोर्ट गरेको छ ।

    आफ्ना ठूला तेल कम्पनी प्रतिबन्धमा पर्ने डरले सुरुमा चीनले मस्कोको खुलेर समर्थन गरेको थिएन भने रुसी आपुर्तिमा कटौती गरेको थियो ।भोर्टेक्सा एनालिटिक्सले गरेको अनुमान अनुसार चीनको समुद्री मार्गबाट रुसी तेल आयात मे महिनामा १० लाख ब्यारेल प्रतिदिन पुग्ने अनुमान गरिएको छ ।

    पहिलो चौमासिक चीनले रुसबाट आयात गरेको तेल प्रतिदिन ७ लाख ५० हजार ब्यारेल थियो भने सन् २०२१ मा ८ लाख ब्यारेल प्रति दिन थियो । एसियाको शीर्ष रिफाइनर सिनोपेक कर्पोरेशनको व्यापारिक शाखा युनिपेकले र चीनको रक्षा समूह नोरिन्कोको एक एकाइ झेनहुआले बढी तेल खरिद गरिरहेको रोयटर्सले जनाएको छ ।

    हङकङमा दर्ता भएको फर्म लिभना सिपिङ लिमिटेड पनि हालै चीनमा रुसी तेलको प्रमुख ढुवानीकर्ताको रूपमा उभिएको पाइएको छ ।

    जेठ ६, २०७९ शुक्रवार २०:१०:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend