काठमाडौं । सौन्दर्य प्रतियोगितामा सहभागी हुँदा किशोरी यौन शोषणा परेको ८ वर्षअघिको घटना अनुसन्धान गर्न सरकारले छानविन समिति बनाएको छ ।
गृहमन्त्री बालकृष्ण खाणले प्रहरीलाई निर्देशन दिएर छानविन समिति बनाएका छन् । खाणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय छानविन समिति बनाएको हो ।
प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको नेतृत्वको समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायव उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहेका छन्।
समितिले शुक्रबारबाटै काम सुरु गरेको छ ।
पीडित युवतीको हिंसा सम्बन्धी भिडियोबारे ध्यानाकर्षण जनाउँदै गृहमन्त्री खाणले भिडियोबारे अनुसन्धान गरि आवश्यक कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका हुन् ।