Logo

बुधवार, आषाढ २२ गते २०७९

images

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने

नेपालपाना जेठ १० २०७९
  • 2.3K
    SHARES
  • गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने

    काठमाडौँ। कलाकारहरू सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ आबद्ध ‘धुर्मुस–सुन्तली फाउन्डेसन’ ले आर्थिक अभाव भन्दै निर्माण अलपत्र पारेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाँकी काम सरकारले पूरा गर्न गर्ने भएको छ । 

    रंगशाला निर्माण सम्पन्न गर्न चितवनको भरतपुर महानगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको बेला सङ्‍घीय सरकारले निर्माणको बाँकी काम पूरा गर्ने नीति लिएको हो । 

    सरकारले प्रत्येक प्रदेशमा प्रशिक्षण सुविधासहितको अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्दै जाने नीति पनि लिएको छ । 

    गैंडाकोटमा विपी कोइराला अन्तर्राष्ट्रिय खेल ग्राम निर्माण गरिने पनि भएको छ । सबै स्थानीय तहमा खेल ग्राम निर्माण गरिँदै लाने पनि सरकारले नीति लिएको राष्ट्रपति

    विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा बताएकी छिन् । 

    जेठ १०, २०७९ मंगलवार १८:३६:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # खेलकुद्

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend