Logo

बुधवार, आषाढ २२ गते २०७९

images

नवयुग राष्ट्रिय फुटबल टोलीको कप्तानमा नियुक्त

नवयुग राष्ट्रिय फुटबल टोलीको कप्तानमा नियुक्त

नेपालपाना जेठ १० २०७९
  • 2.6K
    SHARES
  • नवयुग राष्ट्रिय फुटबल टोलीको कप्तानमा नियुक्त

    काठमाडौं। एन्फाले राष्ट्रिय फुटबल टिमको कप्तानको जिम्मेवारी नवयुग श्रेष्ठलाई दिएको छ ।

    प्रशिक्षकसँगको विवादमा सिनियर ११ खेलाडी टिम बाहिर रहेपछि नवयुगले कप्तानको जिम्मेवारी पाएका हुन् । 

    नेपाली टोली  यसअघिका कप्तान किरण चेम्जोङलाई पनि प्रशिक्षक अल्मुताइरीले टिममा सामेल गरेका थिएनन् । 

    उपकप्तान रोहित चन्दसहित १० खेलाडीको कदममा किरणले समेत खेलाडीको आधारभूत आवश्यकताको विषयमा कुरा उठाएका थिए । 

    एन्फाले आज नै कतारमा हुने एसिया कप छनोट खेल्ने राष्ट्रिय फुटबल टिमलाई बिदाई गरेको छ । मंगलबार साँझ औपचारिक कार्यक्रमको आयोजना गरेर एन्फाले खेलाडी बिदाई गरेको हो ।

     

    जेठ १०, २०७९ मंगलवार २१:१७:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # खेलकुद्

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend