Logo

बिहिवार, श्रावण २६ गते २०७९

images

अन्तर्घातीलाई कारवाही गर्न सर्लाही कांग्रेसले माग्यो निवेदन, पूर्वसभापतिले भने, 'बहिस्कार गरौं'

अन्तर्घातीलाई कारवाही गर्न सर्लाही कांग्रेसले माग्यो निवेदन, पूर्वसभापतिले भने, 'बहिस्कार गरौं'

नेपाल पाना जेठ ११ २०७९
  • 4.6K
    SHARES
  • अन्तर्घातीलाई कारवाही गर्न सर्लाही कांग्रेसले माग्यो निवेदन, पूर्वसभापतिले भने, 'बहिस्कार गरौं'

    सर्लाही । नेपाली कांग्रेस सर्लाहीले पार्टीभित्र अन्तर्घात गर्नेहरुमाथि एक्सन लिएको छ । पार्टीले अन्तर्घात गर्नेहरुमाथि कारवाही प्रक्रिया अघि बढाउन उजुरी निवेदन माग गरेको छ ।

    सर्लाही कांग्रेसका पूर्वजिल्ला सभापति एवं संघीय सांसद नागेन्द्र कुमारले अन्तरघाती साथीहरूदेखि साबधान रहन अपिल गरेका छन् । उनले अन्तर्घातीहरुलाई बहिस्कार गर्न सार्वजनिक आह्वानसमेत गरेका छन् ।

    'नव निर्वाचित साथीहरू, अहिले निर्वाचन सकिएको छ, तपाईं कतिपय साथीहरू निर्वाचन जित्नु भएको छ भने कतिपय अन्तरघातीको कारण हार्नु परेको छ,' उनले भनेका छन् ।

    ३६४ दिन कांग्रेस भएर ३६५ दिन नै पार्टीलाई धोका दिने अन्तर्घातीहरु अहिले अबीर, माला, मिठाई लिएर निर्वाचितबाट फाइदा लिन बाटो हेरिरहेको उनले उल्लेख गरेका छन् ।

    त्यस्ता आचारण भएकाहरुबाट बचेर उनीहरुमाथि कारबाहीको लागि जिल्लामा निवेदन दिन उनले अपिल गरेका छन्। 'तपाईंको लागि निर्वाचनमा घामपानीको प्रवाह नगरी खट्ने कांग्रेसी साथीको सम्मान गरौ,' उनले भनेका छन्, 'अन्तरघातीको बहिष्कार गरौं।'

    जेठ ११, २०७९ बुधवार १२:१२:४१ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend