Logo

शनिवार, मंसिर १७ गते २०७९

१६ वर्षमुनिका बालबालिकालाई सुर्तीजन्य पदार्थ बिक्री गरे कारबाही

१६ वर्षमुनिका बालबालिकालाई सुर्तीजन्य पदार्थ बिक्री गरे कारबाही

नेपालपाना जेठ ११ २०७९
  • 3.0K
    SHARES
  • १६ वर्षमुनिका बालबालिकालाई सुर्तीजन्य पदार्थ बिक्री गरे कारबाही

    काठमाडौं। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ को कार्यालयले विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई धुमपानजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ। वडाका नवनिर्वाचित अध्यक्ष गजेन्द्र शाहीले बुधबार सार्वजनिक सूचना जारी गरेर विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई धुमपानजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएका हुन्। 

    उनले वडाभित्र होटेल र किराना पसल सञ्चालकहरुलाई विद्यालय पोसाकमा रहने विद्यार्थीसँगै १६ वर्षमुनिका बालबालिकालाई पनि धुम्रपान, मद्यपान, सुर्तीजन्य पदार्थ तथा खैनी–गुट्खा बेचबिखन नगर्न समेत गराएका छन्। 

    वडा कार्यालयले जारी निर्देशनविपरीत धुमपानजन्य पदार्थ बेचबिखन गरेको फेला परे प्रचलित कानुनबमोजिम कारबाही गरिनेसमेत चेतावनी दिएको छ।

    जेठ ११, २०७९ बुधवार १७:५७:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # समाचार

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend