बुटवल । गृहमन्त्री बालकृष्ण खाणको गृह पालिका तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ।
तिलोत्तमा एमाले उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र र नेता घनश्याम भुसालको गृहनगर पनि हो । यहाँ कांग्रेसले चारतारे झण्डा गाड्नेगरी अघि बढेको छ ।
गृहमन्त्रीका भाइ रामकृष्ण खाण यहाँ कांग्रेसको मेयर उम्मेदवार छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मोहन चापागाईलाई ८०७ मतले पछाडि पारेका छन् ।
५ हजार २५१ मत गणना बाँकी रहँदा कांग्रेसका खाँणले २२ हजार ४५४ मत पाएका छन् भने एमालेका चापागाईंले २१ हजार ६४७ मतसहित टक्कर दिइरहेका छन् ।
हालसम्म ५९ हजार ४८५ मत गणना भइसकेको छ।
यहाँ बिहीबार बिहानसम्म १४ वटा वडाको नतिजा आएको छ । जसमध्ये नेपाली कांग्रेसले ८ र नेकपा एमालेले ६ वटा वडा जितेको छ ।