Logo

सोमवार, आश्विन १७ गते २०७९

६८ वर्ष पुगेका बाबुराम भट्टराई वृद्धभत्ता खानेबारे बोले यस्तो

६८ वर्ष पुगेका बाबुराम भट्टराई वृद्धभत्ता खानेबारे बोले यस्तो

नेपालपाना जेठ १५ २०७९
  • 3.7K
    SHARES
  • ६८ वर्ष पुगेका बाबुराम भट्टराई वृद्धभत्ता खानेबारे बोले यस्तो

    काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले गठबन्धन सरकारले ल्याएको बजेटले खासै उत्साह जगाउन नसकेको बताएका छन्। आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्य गरिसकेपछि सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो बताएका हुन्। 

    उनले वृद्ध भत्ताको उमेर घटाइएकोमा पनि आपत्ति जनाए। 'म पनि अब ६८ वर्ष पुग्दैछु, वृद्धभत्ता लिनेको उमेर घटाउनु ठीक होइन', उनले भने, 'म चाहिँ वृद्ध भत्ता लिन्नँ। गरिब देशको वृद्ध भत्ता लिएर जनतामा बोझ थप्दिनँ।'

    भट्टराईले उमेर घटाएर बजेट छर्नु उचित नहुने उनले बताएका छन्।  भट्टराईले करहरुमा छुट दिएर लगानीलाई प्रवर्द्धन गर्ने कुरा सकारात्मक भए पनि नतिजा दिन नसक्ने बताए। 

    'कृषिमा क्रान्तिकारी परिवर्तन गर्ने हो भने वैज्ञानिक भूमिसुधार गर्न सक्नुपर्छु, उनले भने, 'उद्योगलाई देशभित्रको पूँजी परिचालन र वैदेशिक लगानी ल्याउन सक्नुपर्छ। सामान्य कुरा गरेर वैदेशिक लगानी आउँदैन। प्रशासनिक सुधारका सामान्य कुरा छन्। तर रुपान्तनकारी कुरा आएनन्।'

    जेठ १५, २०७९ आइतवार २०:५१:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बाबुराम भट्टराई

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend