Logo

शनिवार, मंसिर १७ गते २०७९

काठमाडौं महानगरको बैठकमा कांग्रेस–एमाले गरम, बालेन्द्र नरम

काठमाडौं महानगरको बैठकमा कांग्रेस–एमाले गरम, बालेन्द्र नरम

नेपालपाना जेठ १६ २०७९
  • 4.7K
    SHARES
  • काठमाडौं महानगरको बैठकमा कांग्रेस–एमाले गरम, बालेन्द्र नरम

    काठमाडौं। स्वतन्त्र व्यक्तिका रुपमा काठमाडौं महानगरपालिकाको मेयर बनेका बालेन्द्र शाहले सोमबार गोपनीयताको सपथ खाएर पदभार ग्रहण गरेकै दिन कार्यपालिकाको बैठक मिडियामा लाइभ गर्ने निर्णयले तरंग ल्याएको छ। 

    उनको यो निर्णयसँगै काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरुको प्रस्तुति र जनताले भोगिरहेका समस्याबाट बारेमा आम नागरिकले ‘लाइभ’ हेर्न पाए।

    सोमबार अपरान्ह काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठकको लाइभ प्रसारण निकै नै रोमाञ्चक देखियो।  बैठकमा पार्टीगत कुरा नगरौं भन्दा भन्दै पनि कांग्रेस र एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु मेयर र प्रमुख प्रशासकीय अधिकृतमाथि पूरै हाबी देखिए।

    मेयरको अध्यक्षतामा गठन गर्ने भनिएको फोहोरमैला व्यवस्थापन समितिमा ५र६ जना वडाध्यक्षहरु राख्ने भनिए पनि त्यसमा दलगत भागबण्डाको कुरा उठेपछि विरोध भयो। वडाध्यक्षहरुले आफूहरुलाई कांग्रेस–एमालेका रुपमा विभाजित गरेर नबुझ्न चेतावनी दिए।

    कार्यपालिकाको बैठकमा वडाध्यक्षहरुले आफूहरुसँग पुरानो अनुभव रहेको भन्दै बैठक सञ्चालनको प्रक्रिया सिकेर आउन मेयर शाहलाई सुझाएका थिए। शाहले भने नरम भाषामा प्रस्तुत हुँदै भने, ‘त्यहाँ र यहाँ साह्रो बोलिराख्नुपर्दैन, नरम बोल्दा पनि सुनिन्छ।’

    जेठ १६, २०७९ सोमवार २०:५८:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # समाचार

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend