Logo

आइतवार, मंसिर १८ गते २०७९

आजको राशीफल: कुम्भलाई आर्थिक कारोबारमा समस्या, मेसलाई धनलाभ

आजको राशीफल: कुम्भलाई आर्थिक कारोबारमा समस्या, मेसलाई धनलाभ

नेपालपाना जेठ १७ २०७९
  • 2.7K
    SHARES
  • आजको राशीफल: कुम्भलाई आर्थिक कारोबारमा समस्या, मेसलाई धनलाभ

    आजको पात्रोः १७ जेठ २०७९, मंगलबार । मे महिनाको ३१ तारिक २०२२ । वैशाखशुक्लपक्ष प्रतिपदा तिथि, दशहरास्नान शुरु, गोसाइकुण्डस्नान प्रारम्भ हुने दिन । रोहिणी नक्षत्र, घृति योग, चन्द्रमा वृष राशिमा रहेको छ । आज विहान सूर्योदय ५ः ०९ मा हुनेछ भने सूर्यास्त ६ः५५ मा हुनेछ । आज ११ः३५ देखि १२ः३० सम्म अभिजित मुहूर्त रहेको छ । यो समयमा शुरु गरेको काम सफल हुनेछ । मंगलबारको दिन गणेश र हुनमानको आरधना गर्ने दिन हो । सनातन शास्त्रमा गणेशको महिमा अपार रहेको छ । भनिन्छ, गणेशको आरधनाबिना कुनै सनातनीय कर्महरु सफल हुन सक्दैन । मंगलबार शक्तिको साधना गर्ने बार हो ।

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

    मेष राशि भएका जातको लागि मंगलवारको दिन मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजयप्राप्त हुनेछ । व्यापार ब्यबसायबाट पनि अर्थ लाभ हुनेछ ।  दैनिक उपभोगबाहेक विलासिताको सामान खरिद गर्दा विचार गर्नुहोला ।

    वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

    आजको दिन अध्ययन अनुसन्धानमा रुचि र मनमा हर्ष छाउने छ । कुनै नयाँ पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्ने छ । यात्रा चाहिँ कष्टकर हुनेछ । त्यसो त यात्रा गर्नै पर्ने छ भने पूर्व दिशा तर्फ फर्केर यात्राको शुरुवात गर्नुहोला । आजको दिन तपाईको आम्दानीको स्रोत बढ्ने छ । चन्द्रमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्नुहोला ।   

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

    मिथुन राशिका जातका लागि आजको दिन निकै शुभ रहेको छ । ब्यापार ब्याबसायमा रहेका साझेदारसँग फाइदा हुनेछ । आजको दिन काम गर्दा गणेशको आरधना गरेर काम गर्नुभयो भने तपाइँले  गर्ने काममा सफलता मिल्नेछ । कसैसँग अनावश्यक विवाद हुने काम नगर्नुहोला ।  

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

    आज तपाईले आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा तपाईप्रति विरोध गर्नेले तपाईलाई सम्मानका शब्दहरु प्रयोग गर्नेछन् । आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला । पारिवारमा साना साना कुरामा विवाद हुनसक्छ । विवाद हुने काम नगर्नु नै उत्तम हुनेछ।   

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

    सिंह राशिका जातकहरुले आजको दिन मौन रहनु हित हुनेछ । घर परिवार र मित्रहरुसँग अनावश्यक विवाद नगर्नु होला । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईले विश्वास गरेको मित्रबाट तपाईलाई दुःख र धोका हुनसक्छ । आजको दिन विहान गणेश वा हनुमानको मन्दिरको दर्शन गर्नाले तपाईलाई उर्जा मिल्नेछ ।

    कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

    परिवार र दाम्पत्य जीवनमा सुख, समृद्धि हुने छ । मंगलवारका दिन कुनै नयाँ काम शुरुवात र मान सम्मान मिल्न सक्छ । तपाईले गरेको कामको मान सम्मान र व्यबसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन उपहार साटाटाट गर्दा फाइदा हुनेछ । कुमारी कन्यालाई भोजन र बस्त्र दान दिनुभयो भने शुभ हुनेछ ।  

    तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

    आजको दिन त्यति अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च ब्यबभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । तपाईले सोचअनुसार काम नहुँदा मनमा अनेक चिन्ता छाउने छ । त्यसैले आजको दिन सकारात्मक सोच राख्नुहोला ।  

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

    ब्यापार व्यवसायबाट लाभ हुने देखिन्छ । स्त्रीबाट साथ सहयोग मिल्ने छ ।  आजको दिन मित्रहरुसँग भेट गर्दा लाभकारी कार्य योजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ । परिवारका सदस्यसँग र आफन्तसँग विवाद हुनसक्छ त्यसैले सोचविचार गरेर काम गर्नुहोला ।   

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) 

    तपाईलाई साथ सहयोग दिने कुनै मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईलाई सकारात्मक उर्जा प्राप्त हुनेछ । मठ मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ । ब्यापार ब्यबसायमा तपाईको आजको सफलता मिल्नेछ । आर्थिक कारोबार लाभ भन्दा बढी हानी हुनेछ ।

    मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

    मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । चन्द्रमाको साथ रहेको छ ।  मकर राशिका जातकले हरेक साता मंगलबार गणेश मन्दिरमा दर्शन गर्नाले तपाईको ग्रहदोष कम हुँदै जानेछ । आजको दिन सूर्योदयको दर्शन र जलअभिषेक गर्दा मनमा उर्जा थपिने छ ।   

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
    तपाईले सोचअनुसारको काममा कठिनाई हुनेछ । आजको दिन तपाईले बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ । आर्थिक कारोबारमा समस्या हुनसक्छ । त्यसैले आजको दिन विवाद नगरी नियमित काम बाहेक नयाँ काम गर्नुभन्दा पहिले सोच विचार गरेर मात्र गर्नु वेश हुनेछ । दाम्पत्यजीवनमा खुसियाली छाउनेछ ।    

    मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

    विहान उठेर सूर्योदयको दर्शन र नजिकैको गणेश मन्दिरको दर्शन गरेर काम गर्दा सफलता प्राप्त हुन्छ । अध्ययन अध्यापनको क्षेत्रमा सोचेभन्दा बढी सफलता मिल्नेछ । आफ्नो काममा ध्यान दिएर योजनाबद्ध ढंगले काम गर्नुपर्ने छ । विहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला ।

    जेठ १७, २०७९ मंगलवार ०९:२३:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आजको राशीफल

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend