Logo

बुधवार, आषाढ २२ गते २०७९

images

अभिनेत्री मिरुनाले माफी मागेपछि दुवै पक्षबीच भयो सहमति

अभिनेत्री मिरुनाले माफी मागेपछि दुवै पक्षबीच भयो सहमति

नेपालपाना जेठ १७ २०७९
  • 2.1K
    SHARES
  • अभिनेत्री मिरुनाले माफी मागेपछि दुवै पक्षबीच भयो सहमति

    काठमाडौं । कबड्डी ४ फिल्मकी अभिनेत्रीमाथि दुर्व्यवहार गरेको आरोप खेपेका फुर्पा तामाङ र अभिनेत्रीबीच सहमति भएको छ। मंगलबार दुई पक्षबीच भएको भेटघाटमा दुवैले माफी माग्दै अब उप्रान्त विवाद नगर्ने सहमति भएको हो ।

    जारी विज्ञप्तीमा मुगु स्थायी घर भएका फुर्पा तामाङले माफी मागेकी र अभिनेत्रीले पनि भाई सम्झेर माफी दिएको जनाइएको छ । 

    स्‍मरण रहोस् घटना घटेको समयमा पनि तामाङले माफी मागेका थिए तर अहिले आएर फिल्मलाई नै असर गर्ने अवस्था देखिएपछि निर्माण पक्ष लचक भएको हो ।

    काठमाडौंका विभिन्न स्थानमा अभिनेत्रीले माफी नमागेसम्म फिल्म प्रदर्शनमा रोक लगाउन माग गर्दै प्रदर्शन गरिएको थियो । चलचित्र विकास बोर्डमा पनि अभिनेत्रीले माफी नदिएसम्म चलचित्र प्रदर्शन रोक लगाउन माग गर्दै ज्ञापनपत्र पुगेपछि निर्माण टोलीले नायिकालाई माफी दिन लगाएको बुझिएको छ ।


    ‘मिति २०७९ जेठ १५ गते सिभिल मलको क्युएफएक्स हलमा पुगेकी अभिनेत्री मिरुना मगरमाथि भएको अभद्र व्यवहारसम्बन्धी घटनामा मुगु स्थायी घर भएका फुर्पा तामाङले गल्ती स्वीकार गरी अभिनेत्री मगर समक्ष माफी मागेको र अभिनेत्री मगरले पनि भाइ सम्झेर माफ गरेकी छन्,’ विज्ञप्तिमा भनिएको छ।

    miruna-magar-and-furpa-tamang.webp

    जेठ १७, २०७९ मंगलवार २०:०१:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend