Logo

मंगलवार, श्रावण ३१ गते २०७९

images

आफ्नै क्षेत्रमा एमालेसँग मिलेर कांग्रेस हराउन खोजेका अमरेश आफै पछारिए, कार्यपालिकामा कांग्रेसको सानदार जित

आफ्नै क्षेत्रमा एमालेसँग मिलेर कांग्रेस हराउन खोजेका अमरेश आफै पछारिए, कार्यपालिकामा कांग्रेसको सानदार जित

नेपालपाना जेठ १८ २०७९
  • 23.7K
    SHARES
  • आफ्नै क्षेत्रमा एमालेसँग मिलेर कांग्रेस हराउन खोजेका अमरेश आफै पछारिए, कार्यपालिकामा कांग्रेसको सानदार जित

    सर्लाही । आफ्नै क्षेत्रमा पार्टीलाई हराउने नेपाली कांग्रेसका सांसद अमरेश सिंहको अर्को ठूलो अन्तरघाती प्रयास असफल भएको छ। 

    सिंहको गृहपालिका बलरा नगरपालिकामा अमरेशकै अन्तर्घातका कारण मेयर र उपमेयर जित्न नसकेको कांग्रेसले बहुमत वडाहरु जितेको थियो। ११ वडामा ६ वडा कांग्रेसले जितेको थियो। अमरेश समूहको अन्तर्घातले केही वडा गुमाएको कांग्रेसले मेयर र उपमेयर पनि गुमाएको थियो । 

    आफ्नो व्यक्तिगत स्वार्थ र बदलाको भावमा मेयर र उपमेयर हराउन सकेका अमरेश कार्यपालिका निर्वाचनमासमेत नराम्रोसँग पछारिएका छन् ।

    बलरा नगरपालिकाको कार्यपालिकाको चुनावमा कांग्रेस-माओवादीले दमदार जित हासिल गरेका छन्। अमरेशले ३-४ वडा सदस्यको सहारा लिएर एमालेसँग गठबन्धन गरे पनि कांग्रेस माओवादी गठबन्धनले दमदार जित हासिल गर्दै अमरेशलाई पछारेको हो । 

    यसलाई कांग्रेसका कार्यकर्ताले 'धोबीका कुत्ता न घरका न घाटका'को संज्ञा दिएका छन् । यहाँका कार्यकर्ताले अमरेश 'धोवीको कुत्ता' बन्न पुगेको आरोप लगाएका छन् । 

    ‘आफ्नै गृहपालिकामा आफ्नै पार्टीका अधिकारिक उम्मेदवार कौशल किशोर सिंहको विरुद्धमा जनता समाजवादी पार्टीका नागेन्द्र झालाई चुनाव लडाएका र आफ्ना दलाल एवम् लठैतहरुलाई झालाई सहयोग गर्न र मत दिन उर्दी जारी गरेका नेपाली काँग्रेस सर्लाहीका 'भाईरस' अमरेश सिंह अहिले 'धोवीको कुत्ता' बन्न पुगेका छन् । जो न काँग्रेसीको रहे न जनताको,’ एक कार्यकर्ताले आक्रोश पोखे।  

    ती कार्यकर्ताले देशबाट जिल्ला, जिल्लाबाट आफ्नै गृहपालिका र अब आफ्नै गृहपालिका र वडाबाट पनि लखेटिएका अमरेश 'खिस्यानी बिल्ली खम्बा नोचे' को भनाईमा टेकेर पार्टी नेतृत्वलाई गाली गर्ने बाहेक अरु केही गर्न नसक्ने अवस्थामा पुगेको टिप्पणी गरे ।

    जेठ १८, २०७९ बुधवार १७:२८:२६ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend