Logo

शनिवार, मंसिर १७ गते २०७९

प्रधानमन्त्रीले बालेनलाई भने: तपाईंले चमत्कार गर्नुभयो, म खुशी छु

प्रधानमन्त्रीले बालेनलाई भने: तपाईंले चमत्कार गर्नुभयो, म खुशी छु

नेपालपाना जेठ १८ २०७९
  • 2.1K
    SHARES
  • प्रधानमन्त्रीले बालेनलाई भने: तपाईंले चमत्कार गर्नुभयो, म खुशी छु

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र शाहले चमत्कार गरेको भन्दै बधाईसहितको प्रतिक्रिया दिएका छन् । महानगर प्रमुखमा निर्वाचित भएपछि भेटघाटका लागि बालुवाटार पुगेका शाहसँग उनले स्थानीय तह निर्वाचनमा चमत्कार गरेको प्रतिक्रिया दिएका हुन्। 

    प्रधानमन्त्री देउवाले महानगर प्रमुख शाहलाई महानगरमा पार्टीका तर्फबाट पूर्ण समर्थन रहनेसमेत बताएका छन्।  ‘तपाईंले चमत्कार गर्नुभयो। म खुशी छु र ५ वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुने छ,’ देउवाले भनेका छन्, ‘मलाई २४ घण्टा नै सम्झन सक्नुहुनेछ। ‘कार्यपालिकामा नि कांग्रेसको बहुमत छ विकासको काममा सहयोग हुनेछ।’

    प्रधानमन्त्री देउवाले महानगर प्रमुख शाहलाई फोहोर व्यवस्थापनका लागि केन्द्र सरकार, मन्त्रालय, सडक विभाग सबैबाट सहयोग हुने पनि आश्वासन दिएका छन्। 

    जेठ १८, २०७९ बुधवार १९:४०:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # समाचार

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend