Logo

बुधवार, आषाढ २२ गते २०७९

images

पल शाहको मुद्दाको  बहस सकियो, प्रतीक्षा आदेशको 

पल शाहको मुद्दाको  बहस सकियो, प्रतीक्षा आदेशको 

नेपालपाना जेठ १९ २०७९
  • 2.5K
    SHARES
  • पल शाहको मुद्दाको  बहस सकियो, प्रतीक्षा आदेशको 

    काठमाडौँ । बला त्कार आरोपमा मुद्दा खेपिरहेका अभिनेता पल शाहको साधारण तारेख मागसम्बन्धी निवेदनमा उच्च अदालतमा बहस सकिएको छ । न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा दुवैतर्फका वकिलहरूबाट जारी बहस सकिएको हो ।

    बहस सकिएपछि आदेशको तयारी भइरहेको उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए । ‘आजलाई बहस सकिएको छ,’ उनले भने, ‘आदेश पनि आज नै आउँला ।’ पल शालको ५ जना र प्रतिवादीको तर्फबाट २ जना वकिलले बहस गरेका थिए । 

    उच्च अदालत पोखरामा शाहको तर्फबाट वकिलहरुले निवेदन दिएका थिए ।  १५ चैतमा उच्च अदालतमा बाहिर बसेर मुद्दा लड्न पाउने माग गरी निवेदन दिएका थिए । त्यसपछि लगातार ४ पटक पेसी सरेको थियो ।

    जेठ १९, २०७९ बिहिवार १८:४२:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend