Logo

बिहिवार, श्रावण २६ गते २०७९

images

अमेरिकी एफ १८ ‘सुपर होर्नेट’ लडाकु विमान भारत आए

अमेरिकी एफ १८ ‘सुपर होर्नेट’ लडाकु विमान भारत आए

नेपालपाना जेठ १९ २०७९
  • 26.9K
    SHARES
  • अमेरिकी एफ १८ ‘सुपर होर्नेट’ लडाकु विमान भारत आए

    काठमडौं। अमेरिकाका दुई बोइङ एफ/ए– १८ ई सुपर होर्नेट लडाकु विमान भारत आएका छन् । लड्न सक्ने क्षमता प्रदर्शन गर्न अमेरिकाले भारतमा दुई लडाकु विमान पठाएको भारतीय समाचार संस्था प्रेस ट्रष्ट अफ इण्डिया पीटीआईले जनाएको छ । 

    ती लडाकु विमान भारतको गोवा राज्यमा रहेको नौसैनिक अखडा पुगेको पीटीआईले जनाएको छ । भारतीय नौसेनाले भारतमै निर्मित विक्रान्त लडाकु विमानवाहक युद्धपोतका लागि लडाकु विमान खरिद गर्ने योजना बनाइरहेका बेला अमेरिकी लडाकु विमानलाई भारतीय नौसैनिक क्षेत्रमा पठाइएको हो ।

    यसअघि गत जनवरी महिनामा भारतीय नौसेनाले रफायल लडाकु विमानको लड्न सक्ने क्षमता प्रदर्शन गर्नका लागि अभ्यास गरेको पीटीआईले जनाएको छ ।

    भारतीय नौसेनाको लडाकु विमानवाहक युद्धपोत विक्रान्त यही अगस्ट महिनाबाट नौसैनिक सेवामा प्रवेश गर्ने बताइएको छ ।

    जेठ १९, २०७९ बिहिवार २०:४३:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारत
  • # अमेरिका

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend