Logo

शनिवार, मंसिर १७ गते २०७९

राति पनि सेवा दिन थाल्यो जिल्ला प्रशासन कार्यालय बैतडी

राति पनि सेवा दिन थाल्यो जिल्ला प्रशासन कार्यालय बैतडी

नेपालपाना जेठ २० २०७९
  • 5.7K
    SHARES
  • राति पनि सेवा दिन थाल्यो जिल्ला प्रशासन कार्यालय बैतडी

    काठमाडौं। जिल्ला प्रशासन कार्यालय बैतडीले रातिको समयमा पनि सेवा दिन थालेको छ । सरकारले हप्ताको दुई दिन बिदा दिन थालेसँगै कार्यालयमा सेवाग्राहीको भीड बढ्न थालेपछि रातिको समयमा पनि सेवा दिन थालेको हो ।  

    पहिलाको तुलनामा आजभोलि नागरिकता लिनेको निकै भीड बढेकाले रातिसम्म पनि सेवा दिइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । दुई दिन बिदा भएपछि सेवाग्राहीको भीड बढ्दै गएको  भारतीको भनाइ छ । उनले भने, “टाढा टाढाबाट सेवाका लागि आउने गरेका छन् । कार्यालय समय सकिए पनि अबेरसम्म पनि सेवा दिन थालेका छौँ ।”

    जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउने, राष्ट्रिय परिचयपत्र बनाउने, नाबालिग परिचयपत्र बनाउनेदेखि लिएर अन्य सेवाका लागि पुग्नेको भीड बढेपछि रातिको समयमा सेवा दिने गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

    सूचना अधिकारी भारतीले भने, “सेवाका लागि पुगेका नागरिकले सेवा प्राप्त गरेर मात्रै फर्किउन् भन्ने हाम्रो उद्देश्य हो । जसरी पनि सेवा प्राप्त होस् भनेर कार्यालय समयबाहेक पनि हामीले सेवा दिने गरेका छौँ । कुनै दिन राति १० बजेसम्म सेवा दिइएको छ ।” 

    जेठ २०, २०७९ शुक्रवार २०:४५:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # समाचार

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend