Logo

शनिवार, मंसिर १७ गते २०७९

नेपालगञ्ज घटनाबारे मानवअधिकार आयोगद्वारा अनुसन्धान सुरू

नेपालगञ्ज घटनाबारे मानवअधिकार आयोगद्वारा अनुसन्धान सुरू

नेपालपाना जेठ २० २०७९
  • 3.7K
    SHARES
  • नेपालगञ्ज घटनाबारे मानवअधिकार आयोगद्वारा अनुसन्धान सुरू

    काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले बाँके–२ नेपालगञ्जका सुन्दर हरिजनको मृत्यु भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न आग्रह गरेको छ । 

    आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त घटना गम्भीर प्रकृतिको भएकाले संवेदनशीलरूपमा लिई घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराइएको छ ।

    आयोगले आगामी दिनमा यस प्रकारका घटना नदोहोरिने वातावरणको सुनिश्चितता गर्न तथा व्यक्तिको जीवनको अधिकार संरक्षण गर्ने गराउने कार्यमा संवेदनशील हुन आयोग सरकार र सम्बद्ध निकायको ध्यानाकर्षण गराएको छ । 

    बाँके–२ नेपालगञ्जका सुन्दर हरिजन रोल्पा जिल्ला कारागारमा सट्टा कैदीबन्दीको रूपमा जेल सजाय भोगिरहेको अवस्थामा यही जेठ ४ गते मृत्यु भएको थियो । उक्त घटनाको आयोगको नेपालगञ्ज कार्यालयको अनुगमन टोलीले यही जेठ १९ गतेदेखि घटना सम्बन्धमा स्थलगत अनुसन्धान सुरू गरेको छ ।

    उक्त घटनालाई आयोगले गम्भीररूपमा लिई यही जेठ ५ गतेदेखि नै सम्बन्धित सरोकारवालासँग जानकारी लिनुका साथै नेपाल सरकारलगायत सम्बद्ध निकायबाट भइरहेका कार्यको नजिकबाट अनुगमन गरिरहेको थियो ।

    जेठ २०, २०७९ शुक्रवार २०:५५:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # समाचार

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend