Logo

सोमवार, आश्विन १७ गते २०७९

गठबन्धनमा पुनर्विचार गर्ने बेला आयो-  बाबुराम भट्टराई

गठबन्धनमा पुनर्विचार गर्ने बेला आयो-  बाबुराम भट्टराई

नेपालपाना जेठ २१ २०७९
  • 3.6K
    SHARES
  • गठबन्धनमा पुनर्विचार गर्ने बेला आयो-  बाबुराम भट्टराई

    काठमाडौं। जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले पुनर्विचार गर्ने बेला आएको टिप्पणी गरेका छन् । 

    जिल्लाको चुनावी समीक्षा गर्न शनिबार गोरखा पुगेका  उनले गठबन्धनमा इमान्दारिता नहुँदा निर्वाचनमा आफ्नो पार्टीले अपेक्षाकृत नतिजा ल्याउन नसकेको बताएका छन्। 

    पत्रकारसँग कुराकानी गर्दै उनले भनेका छन्, 'विकास र विनाशको मुख्य कुरा आन्तरिक हुन्छ भन्ने सिद्धान्तमा म विश्वास गर्छु, त्यसमा केही हाम्रा सीमा पनि रहे त्यो प्रमुख कारण हो', उनले भने, 'जुन ढङ्गले गठबन्धन गरियो इमान्दारिता भएन।'

    डा. भट्टराईले गठबन्धनको धर्मअनुसार एकपटक निर्णय गरेपछि त्यसलाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्नेमा त्यसो हुन नसक्दा समस्या आएको बताए।

    पाँच दलको लोकतान्त्रिक मूल्यमान्यता र नैतिक आचारणविपरीतको कार्यले गठबन्धन गरेर पनि पार्टीले अपेक्षित नतिजा ल्याउन नसकेको उनले गुनासो गरे।

    उनले नेपालको संविधानले नै मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेकाले देशमा चुनावी गठबन्धन अझै पनि आवश्यक रहेको भने स्पष्ट पारे।

    'प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्छ भनेर हामीले भनिरहेका छौँ', पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले भने, 'त्यो नभएसम्म अहिलेको निर्वाचन प्रणालीमा कुनै पनि दलको प्रष्ट बहुमत नआउने हुँदा गठबन्धन गर्नु वा चुनावी तालमेल गर्नु आवश्यक छ।'

    जेठ २१, २०७९ शनिवार २०:४७:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बाबुराम भट्टराई

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend