Logo

बिहिवार, श्रावण २६ गते २०७९

images

पाकिस्तानले बढायो रक्षा बजेट

पाकिस्तानले बढायो रक्षा बजेट

नेपालपाना जेठ २१ २०७९
  • 2.7K
    SHARES
  • पाकिस्तानले बढायो रक्षा बजेट

    काठमाडौं। पाकिस्तानले सुरक्षाफौजका लागि विशेष आवश्यकता भन्दै ६ प्रतिशतले रक्षा बजेट वृद्धि गरेको बताइएको छ । यो वृद्धि चालु आर्थिक वर्षका लागि भएको बताइएको छ ।

    द एक्सप्रेस ट्रिबुन पत्रिकाले पाकिस्तनको आर्थिक संयोजन कमिटीले तलब र अन्य अत्यावश्यक आवश्यकताका लागि भन्दै बजेट वृद्धि गरेको खबर छापेको हो । 

    रक्षा बजेटका अलावा सेनालाई थप रकम अनुमोदन गरिएको छ । ८० अर्ब पाकिस्तानी रुपैयाँ त्यहाँको सेनाले अतिरिक्त रकम मागेको थियो ।

    पाकिस्तान बढी रक्षा बजेट भएको देशमध्ये हो । सबैभन्दा बढी अमेरिका, चीन र भारतको रक्षा बजेट रहेको छ ।

    यसैगरी, पाकिस्तानमा खाना पकाउने ग्याँसको मूल्यमा ४५ प्रतिशतले वृद्धि भएको छ । यसअघि पाकिस्तानमा पेट्रोलियम पद्धार्थ र विद्युतको व्यापक मूल्यवृद्धि भएको थियो ।

    जेठ २१, २०७९ शनिवार २१:०८:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पाकिस्तान

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend