Logo

शनिवार, मंसिर १७ गते २०७९

होन्डाका सबै शोरुममा निःशुल्क शौचालय

होन्डाका सबै शोरुममा निःशुल्क शौचालय

नेपालपाना जेठ २२ २०७९
  • 3.4K
    SHARES
  • होन्डाका सबै शोरुममा निःशुल्क शौचालय

    काठमाडौं। ‘परिवर्तन सुरु हुन्छ हामीबाट’ भन्दै होन्डा नेपालले आफ्ना सबै शोरुमहरुमा निःशुल्क शौचालय उपलब्ध गराउने घोषणा गरेको छ।

    नेपालभर कम्पनीका सयभन्दा बढी शोरुम र डिलर रहेका छन्। ती सबैमा निःशुल्क सार्वजनिक शौचालय हुनेछ। 
    काठमाडौंमा मेयर बालेन्द्र शाहले होटल तथा रेष्टुराँमा सार्वजनिक शौचालयको अवधारणा ल्याएपछि व्यावसायिक क्षेत्रबाट उनको एजेन्डालाई समर्थन प्राप्त भइरहेको छ। 

    आजैमात्र काठमाडौं महानगरले यस अभियानमा सघाउन चाहने व्यावसायिक संघसंस्थालाई सहभागी हुन सार्वजनिक अपिल समेत गरेको छ। 

    जेठ २२, २०७९ आइतवार १८:२३:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # समाचार
  • # बालेन साह

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend