काठमाडौँ। अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीले असारमा विवाह गर्ने तयारी गरेका छन् ।
यद्यपि, अहिलेसम्म मिति भने तय नभइसकेको बताइएको छ ।
तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले निर्माण हुन लागेको फिल्म ‘ह्रस्वदीर्घ’ छायांकनको छेकोमा बिहे गर्न लागेको हो । फिल्म भने असोजबाट छायांकनमा जानेछ ।