Logo

मंगलवार, श्रावण ३१ गते २०७९

images

खाने तेलको भन्सार छुट गरेर जनतालाई राहत दिन माग 

खाने तेलको भन्सार छुट गरेर जनतालाई राहत दिन माग 

नेपालपाना जेठ २२ २०७९
  • 16.2K
    SHARES
  • खाने तेलको भन्सार छुट गरेर जनतालाई राहत दिन माग 

    काठमाडौं ।  नेपाल वनस्पति घीउ तेल उत्पादक सङ्घले खाने तेलमा लगाइएको भन्सार महसुल छुट गरेर जनतालाई राहत दिन सरकारसँग माग गरेको छ ।

    सङ्घले आज पत्रकार सम्मेलन गर्दै छिमेकी मुलुक भारतले उच्च महङ्गीको चापबाट उपभोक्तालाई राहत दिनका लागि खाने तेलको भन्सार महसुल शून्य प्रतिशतमा झारेको उल्लेख गर्दै नेपाल सरकारले पनि सोही नीतिलाई अवलम्बन गरी जनतालाई राहत दिन आग्रह गरेको हो । 

    सङ्घका अध्यक्ष सन्दीपकुमार अग्रवालले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म रु ८७ अर्ब ६० करोड बराबरको वनस्पति तेल भारत निकासी भएको जानकारी दिँदै भारतले भन्सार महसुल शून्यमा झार्दा नेपालको निकासीमा कमी आउने उल्लेख गरे ।

    “भन्सार महसुलका कारण नेपालको तेल उत्पादन महङ्गो पर्ने भएकाले नेपाल–भारत खुला सिमानाबाट अनाधिकृत रुपमा सस्तो मूल्यमा भारतीय तेल चोरी पैठारी भई नेपाल भित्रिने गरेको छ, यसबाट राजश्वमा ह्रास आउने अवस्था छ,” अध्यक्ष अग्रवालले भने । हाल नेपालमा तीन लाख टन तेल खपत हुँदै आएको छ ।

    जेठ २२, २०७९ आइतवार २०:१४:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # समाचार

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend