काठमाडौँ। नीता ढुंगानाको निर्माण रहने नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा भारतीय कलाकार पुष्पा फिल्मका भिलने सुनिल वर्मा , गजनीका भिलने प्रदीप सिंह रावत अनुबन्धित भएका छन् भने फिल्मलाई हालै हिरोपन्ती २ खिचेका कबीर लालले खिच्ने तय भएको छ ।
यसबीच बुधबार यो फिल्ममा अर्का भारतीय हास्य कलाकार अलि पनि अनुबन्धित भएका छन् ।
साउथ इन्डियन फिल्महरुमा प्राय कमेडियनको भूमिकामा देखिँदै आइरहेका अलिले नेपाली फिल्ममा अभिनय गर्ने सम्झौता भएको फिल्मको निमार्ण पक्षले जनाएको छ ।
नेपालीसँगै हिन्दी भाषामा समेत निर्माण हुने फिल्ममा भारतीय प्राविधिक तथा कलाकारलाई समेटिएको निर्देशक चन्द्र पन्तले बताएका छन् ।
फिल्मको छायांकन भारतको ‘रामोजी फिल्म सिटी’ मा छायांकन हुने भएको छ ।