Logo

बुधवार, आषाढ २२ गते २०७९

images

रुवाण्डाको भ्रमणमा गएका सञ्चार मन्त्री स्वदेश फिर्ता

रुवाण्डाको भ्रमणमा गएका सञ्चार मन्त्री स्वदेश फिर्ता

नेपालपाना जेठ २८ २०७९
  • 2.6K
    SHARES
  • रुवाण्डाको भ्रमणमा गएका सञ्चार मन्त्री स्वदेश फिर्ता

    काठमाडौँ। अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको आयोजनामा रुवाण्डाको राजधानी किगालीमा भएको विश्व दूरसञ्चार विकास सम्मेलनमा सहभागी हुन गएका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की स्वदेश फिर्ता भएका छन् ।

    मन्त्री कार्की सम्मेलनमा भाग लिएर शनिबार अपराह्न स्वदेश फर्किएका हुन्। स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री कार्कीले सरकारले विभिन्न कठिनाइकाबीच सन् २०२५ सम्म दूरसञ्चार सबै नेपालीको पहुँचमा पुर्‍याउनु प्रतिबद्धता सरकारको तर्फबाट व्यक्त गरेको बताए । 

    नेपाली जनतालाई अहिलेको सञ्चार प्रविधिबाट लाभान्वित गराउनका लागि प्रयत्न जारी राख्ने उनको भनाइ छ । भ्रमणका क्रममा अन्य देशका समकक्षीसँग भेट गरेको र नेपाल प्रति सद्भाव प्रकट भएको मन्त्री कार्कीले जानकारी दिए।

    सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री कार्की यही जेठ २० गते त्यसतर्फ प्रस्थान गरेका थिए।

    जेठ २८, २०७९ शनिवार २०:११:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अर्थ

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend