Logo

बुधवार, आषाढ २२ गते २०७९

images

युवा नेता ठाकुर सर्लाही कांग्रेसको जिल्ला कार्यसमिति सदस्यमा मनोनित

युवा नेता ठाकुर सर्लाही कांग्रेसको जिल्ला कार्यसमिति सदस्यमा मनोनित

नेपाल पाना आषाढ ४ २०७९
  • 2.2K
    SHARES
  • युवा नेता ठाकुर सर्लाही कांग्रेसको जिल्ला कार्यसमिति सदस्यमा मनोनित

    काठमाडौं । नेपाली कांग्रेस सर्लाहीको जिल्ला कार्यसमिति सदस्यमा युवा नेता विकाश कुमार ठाकुर मनोनित भएका छन् ।

    जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहले शुक्रबार ठाकुरलाई जिल्ला कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् । सर्लाहीमा कांग्रेसको उपस्थिति बलियो बनाउन ठाकुरले रणनीतिक तथा प्राविधिक रुपमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

    गुटबन्दी र अन्तर्घातमा फसेको कांग्रेसलाई एकताबद्ध बनाउने सशक्त नयाँ नयाँ नेतृत्व ल्याउन युवाको रुपमा नेता कार्यकर्तालाई खबरदारी गर्ने, परिवर्तनको आवश्यकता बोध गराउन सूचना तथा प्रविधिका माध्यमबाट नेतृत्वदायी भूमिका खेलेका थिए ।

    सशक्त नेतृत्वको बलमा कांग्रेसले सर्लाहीमा स्थानीय तह निर्वाचनमा इतिहासमै ऐतिहासिक बहुमत हासिल गरेको छ। स्थानीय चुनावमा पनि युवा नेता ठाकुरले अन्तर्घातबाट जोगाएर पार्टीका उम्मेदवार जिताउन सक्रिय भएका थिए ।

    समग्रमा जिल्लामा कांग्रेसको सुधारका लागि भूमिका खेलेको भन्दै जिल्ला कार्यसमितिले युवा नेता ठाकुरलाई सदस्यमा मनोनित गरेको कांग्रेसले जनाएको छ । युवा नेता ठाकुर समाजसेवादेखि सञ्चार क्षेत्रमा पनि सक्रिय छन् ।

    हिन्दुवादी युवा नेता ठाकुरले सनातन धर्मको रक्षाका लागि पनि भूमिका खेल्दै आएका छन् । कांग्रेसमा उनको आगमनलाई मधेसमा युवा पुस्ताको प्रतिनिधित्वको रुपमा पनि हेरिएको छ ।

    मधेसका युवाहरुले उनलाई मनोनित गरेकोमा स्वागत गर्दै कांग्रेसको सर्लाही नेतृत्वलाई धन्यवाद पनि दिएका छन् ।

    आषाढ ४, २०७९ शनिवार ०७:१४:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विकाश कुमार ठाकुर

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend