Logo

बुधवार, आषाढ २२ गते २०७९

images

नन्दप्रसाद-जानकी शिवाकोटी स्मृति पुरस्कार घोषणा, यसपालि पत्रकार गौतम पुरस्कृत हुने

नन्दप्रसाद-जानकी शिवाकोटी स्मृति पुरस्कार घोषणा, यसपालि पत्रकार गौतम पुरस्कृत हुने

नेपालपाना आषाढ ४ २०७९
  • 1.5K
    SHARES
  • नन्दप्रसाद-जानकी शिवाकोटी स्मृति पुरस्कार घोषणा, यसपालि पत्रकार गौतम पुरस्कृत हुने

    दोलखा । नन्दप्रसाद जानकी शिवाकोटी स्मृति पुरस्कार पत्रकार शम्भु गौतमले पाउने भएका छन् ।

    नन्दप्रसाद जानकी शिवाकोटी प्रतिष्ठानका अध्यक्ष एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले यस वर्ष पुरस्कृत हुने निर्णयबारे जानकारी दिएका हुन् । 

    दोलखा जिल्लाकै पहिलो विद्यालय क्षमावती माध्यमिक विद्यालयका संस्थापक तथा तत्कालिन पूर्व २ नम्बर (दोलखा) का जिल्ला सभापति नन्दप्रसाद शिवाकोटी र उनकी जीवनसंगिनी जानकी शिवाकोटीको स्मृतिमा नन्दप्रसाद जानकी शिवाकोटी स्मृति पुरस्कारको घोषणा गरिएको हो । 

    दोलखामा रहेर सक्रिय पत्रकारिता गर्दै आएका पत्रकारलालाई दिइने उक्त पुरस्कार यसपालि पत्रकार शम्भु गौतमले पाउने भएका हुन् । 

    यसै वर्षबाट प्रत्येक वर्ष प्रदान गरिने पुरस्कार ताम्रपत्रसहित २५ हजार रुपैयाँ राशिको हुनेछ ।

    पुरस्कार नन्दप्रसाद शिवाकोटीको जन्मजयन्तीको अवसरमा आगामी भदौ ४ गते प्रदान गरिने पनि प्रतिष्ठानका अध्यक्ष शिवाकोटीले जानकारी दिए ।

    आषाढ ४, २०७९ शनिवार १६:४१:४२ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend