Logo

बुधवार, आषाढ २२ गते २०७९

images

प्रमाणित भयो सुरेन्द्र सिंहको युवा नेतृत्व, छोटो समयमै सर्लाही कांग्रेसले हासिल गर्‍यो ऐतिहासिक उपलब्धि

प्रमाणित भयो सुरेन्द्र सिंहको युवा नेतृत्व, छोटो समयमै सर्लाही कांग्रेसले हासिल गर्‍यो ऐतिहासिक उपलब्धि

नेपालपाना आषाढ ५ २०७९
  • 5.5K
    SHARES
  • प्रमाणित भयो सुरेन्द्र सिंहको युवा नेतृत्व, छोटो समयमै सर्लाही कांग्रेसले हासिल गर्‍यो ऐतिहासिक उपलब्धि

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत विविध कारणले सर्लाहीमा जिल्ला अधिवेशन ढिलो भयो । गुटबन्दीले जर्जर कांग्रेसको अधिवेशन गराउन आएका निर्वाचन अधिकृत नै सुरक्षित नहुने अवस्था थियो । गुटकै कारण पटक पटक अधिवेशन सरेको पनि थियो । फाइनल्ली फागुन ३० गते अधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व आयो । युवा, अनुभवी र उर्जावान राजनीतिज्ञ सुरेन्द्र प्रसाद सिंह सभापति निर्वाचित भए । सिंहको नेतृत्व उर्जावान टिम सर्लाहीमा उदायो । सिंह नेतृत्वमा आउँदै गर्दा उनका अगाडि चुनौतीको चाङ थियो । मुख्य चुनौती त पार्टीलाई गुटबन्दीबाट बाहिर निकालेर नजिकै रहेको स्थानीय तह निर्वाचनमा जिताउनु थियो । त्यसमाथि सभापति बन्नुअघि गरेको घोषणामा पनि उनले आफ्नो भिजनले जिल्ला नै कांग्रेसमय बनाउने उद्‌घोष गरेका थिए ।

    सभापति निर्वाचित भइसकेपछि आफ्नो भिजनलाई अगाडि बढाए । उनी निर्वाचित भएपछि कांग्रेसमा एउटा छुट्टै उर्जा उत्पन्न भयो । सकारात्मक सन्देश पार्टी पंक्तिमा प्रवाह भयो । यसलाई तथ्यले नै देखायो । युवाहरुको बढ्दो आकर्षक, केन्द्र(काठमाडौं)मा भन्दा बढी सर्लाही जिल्लामा पार्टी प्रवेशको लहर सकारात्मक संकेत थिए । यो क्रम बढ्दै गयो । अर्कोतिर पार्टीभित्रको गुटबन्दी कमजोर हुँदै गयो । स्थानीय चुनावको मौन अवधि सुरु हुनुअघिसम्म सभापति सिंहको टिम नेता कार्यकर्ताको माझ रह्यो । उत्साहप्रद परिचालन गर्यो । जनतामा समेत एकप्रकारको जागरण ल्यायो ।

    सभापति सिंहको कुशल युवा नेतृत्वमा कांग्रेसले सर्लाहीमा इतिहास बदल्यो । इतिहासमै पहिलोपटक जिल्लामा १२ पालिका जितेर कांग्रेसले ऐतिहासिक सुरुवात गर्यो । अहिलेसम्म २० पालिकामा १२ कांग्रेसले कहिल्यै जितेको थिएन । डे वानदेखि आफ्नो नेतृत्वदायी परीक्षामा सकारात्मक संकेत देखाउँदै गएका सिंहले निर्वाचनमा आफूलाई प्रमाणित गरे । पार्टीमा सबै गुट उपगुट र अन्तर्घातलाई उनले चिरे । नेतृत्व सही छ भने अन्तर्घात र गुटले फरक पार्दैन, कार्यकर्ताले साथ दिन्छन् भन्ने उनले पुष्टि गरे ।

    त्यतिमात्र होइन सभापति सिंहकै नेतृत्वमा कांग्रेसले जिल्ला समन्वय समितिमा निर्विरोध निर्वाचित भएको छ । उनको नेतृत्वमा यो अर्को उपलब्धी हो । सर्लाहीमा निर्विरोध पञ्चायतकालमा मात्रै हुन्थ्यो । प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रमा आइपुग्दा निर्विरोध हुन नसकेको कुरालाई पनि सिंहको रणनीतिले नै ब्रेक गरेको छ । सिंहको कुशल नेतृत्व क्षमताले पछिल्लो कालखण्डमा जिससमा कांग्रेसको नेतृत्वमा पहिलोपटक निर्विरोध नेतृत्व आएको छ । त्यसो त जिससमा कांग्रेस एक्लै जित्ने अवस्था थियो । तर पार्टीको केन्द्रिय परिपत्रले गठबन्धन गर्न दिएको निर्देशन र जिल्लामै अन्तर्घात हुने विश्लेषण गरेर सिंहले माओवादीसँग सहकार्य गरेर जिससलाई कांग्रेसको नेतृत्वमा निर्विरोध बनाए ।

    पाँच वर्षका लागि सर्लाही कांग्रेसको कमाण्ड सम्हालेका सिंहले छोटो समयमै प्रतिकूल अवस्थाका बाबजुद देशकै पूरानो तथा ठूलो पार्टीलाई एकताबद्ध बनाएर जुन सुखद नतिजाउन्मुख गराइरहेका छन्, यो उनको युवा भिजनको पुष्टि हो । प्रष्ट युवा भिजनका साथै, सहयोगी भावना, समाजसेवामा गरेको योगदान तथा उनको लोकप्रिय व्यक्तित्व पनि यो नतिजाको कारण हो । छोटो समयमै सिंहको देखाएको तीव्र गतिले सर्लाहीमा कांग्रेसलाई नयाँ उचाइमा लैजाने प्रष्ट छ।

    आषाढ ५, २०७९ आइतवार १७:३३:०० बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend