Logo

बिहिवार, मंसिर २२ गते २०७९

अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपकाे निर्णायक बन्‍न महेश महर्जन कोरिया जाने

अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपकाे निर्णायक बन्‍न महेश महर्जन कोरिया जाने

नेपालपाना आषाढ ७ २०७९
  • 4.6K
    SHARES
  • अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपकाे निर्णायक बन्‍न महेश महर्जन कोरिया जाने

    काठमाडौं, ७ असार 

    कराँतेका निर्णायक महेश महर्जन १४ औं कोरिया खुला अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपका लागि बुधबार दक्षिण कोरियाको बुसान जाने भएका छन् ।

    २३ देखि २७ जुनसम्म हुने प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न बुसान जान लागेको महर्जनले जनाएका छन् । महर्जन मानसिंह शाखा डोजोका प्रमुख प्रशिक्षक हुन् ।

    महर्जनलाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे । कराँते प्रतियोगिताकै सिलसिलामा महर्जन यसअघि तीन पटक दक्षिण कोरिया गइसकेका छन् ।

    आषाढ ७, २०७९ मंगलवार १७:०९:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कराँते
  • # महेश महर्जन

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend