Logo

बुधवार, आषाढ २२ गते २०७९

images

कुश्माको २५५ मिटर अग्लो भिरमा रहेको स्काइ क्याफे पुगिन् आरजु राणा, पर्यटन विकासमा सघाउने घोषणा

कुश्माको २५५ मिटर अग्लो भिरमा रहेको स्काइ क्याफे पुगिन् आरजु राणा, पर्यटन विकासमा सघाउने घोषणा

नेपालपाना आषाढ ८ २०७९
  • 1.6K
    SHARES
  • कुश्माको २५५ मिटर अग्लो भिरमा रहेको स्काइ क्याफे पुगिन् आरजु राणा, पर्यटन विकासमा सघाउने घोषणा

    कुश्मा । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा बाग्लुङ बलेवामा रहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा निर्मित स्काइ क्याफेमा बसेर चियापान गरेकी छन् ।

    कालीगण्डकी नदी खोँचमा नदीदेखि २ सय ५५ मिटर अग्लो भिरमा स्टिलको डोरिमा झुन्ड्याएर निर्माण गरिएको स्काइ क्याफेमा देउवाले नेपाली काङ्ग्रेसका नेता अर्जुन जोशी लगायत कार्यकर्तासँगै बसेर आनन्द लिएकी हुन् ।

    उनले साहसिक पर्यटनको विकासमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन् । 

    पर्यटकले स्काइ क्याफेमा १५ मिनेट समय पाउँछन् । जुस वा कफि सहित फुड प्लाटर खान पाइने स्काइ क्याफेमा प्रतिब्यक्ती दुई हजार ५ सय शुल्क लाग्छ भने भिडियो पनि सोही शुल्क अन्तर्गत नै पाइन्छ ।

    पछिल्लो समय युवाहरुको विशेष रोजाइको केन्द्र बनेको द क्लिफमा पर्यटकहरुलाई नयाँ स्वाद दिने उद्देशले स्काइ क्याफे सुरु गरिएको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए ।

    आषाढ ८, २०७९ बुधवार १४:५७:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डा. आरजु राणा देउवा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend