Logo

बुधवार, आषाढ २२ गते २०७९

images

रामेश्वरलाई चुनौती दिँदै सर्लाही क्षेत्र नम्बर ३ मा युवा नेता महतोको उम्मेदवारी घोषणा

रामेश्वरलाई चुनौती दिँदै सर्लाही क्षेत्र नम्बर ३ मा युवा नेता महतोको उम्मेदवारी घोषणा

नेपाल पाना आषाढ ९ २०७९
  • 14.3K
    SHARES
  • रामेश्वरलाई चुनौती दिँदै सर्लाही क्षेत्र नम्बर ३ मा युवा नेता महतोको उम्मेदवारी घोषणा

    सर्लाही । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् सदस्य दीपक महतोले सर्लाही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन् । टिकट दिए पार्टीबाटै र टिकट नपाए अन्य दल वा स्वतन्त्रबाट संघीय निर्वाचन लड्ने दृढताका साथ महतोले उम्मेदवारी घोषणा गरेका हुन् । सर्लाही क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रबाट केन्द्रीय सदस्य रामेश्वर राय यादव सांसद छन् ।

    रामेश्वरलाई चुनौती दिँदै युवा नेता महतोको संघीय निर्वाचनमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले आफ्नो चाहना जसपाबाटै चुनाव लड्ने भए पनि त्यो अवसर नपाए अन्य विकल्पमा गएर भए पनि चुनाव लड्ने उदघोष गरे ।

    समाजवादी युवा संघका केन्द्रीय उपाध्यक्षसमेत रहेका नेता महतो अघिल्लो निर्वाचनमा तत्कालीन नयाँ शक्ति पार्टीबाट चुनाव लडेर २ हजार ८ सय मत प्राप्त गरेका थिए । यसपटक जसपाबाट चुनाव लड्ने तयारी उनको छ ।

    विद्यार्थीकालमा राजनीतिक यात्रा सुरु गरेका महतो २०६२-६३ जन आन्दोलन, मधेश जनविद्रोह, २०७२ सालको दोस्रो मधेश आन्दोलनमा सहभागी भई विभिन्न काल खण्डमा आन्दोलनका अगुवाई तथा नेतृत्व गरेका युवा हुन् ।

    व्यवस्था परिवर्तनका लागि पटक पटक लडिएको भन्दै उनले अब अवस्था परिवर्तनका लागि लड्न आह्वान गर्ने नारा बोकेका छन् ।

    आषाढ ९, २०७९ बिहिवार १५:४१:२६ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend