Logo

बिहिवार, श्रावण २६ गते २०७९

images

गोरखामा पनि चीनले गर्यो सीमा अतिक्रमण !

गोरखामा पनि चीनले गर्यो सीमा अतिक्रमण !

नेपाल पाना आषाढ ९ २०७९
  • 2.9K
    SHARES
  • गोरखामा पनि चीनले गर्यो सीमा अतिक्रमण !

    काठमाडौं । कर्णालीको हुम्लामा सीमा मिचेको उत्तरी छिमेकी चीनले गोरखाको उत्तरी सीमामा पनि एकलौटी रुपमा सीमा अतिक्रमण गरेको छ ।

    गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा चीनले नेपालसँग समन्वय नै नगरी तारबार लगाएर सीमा अतिक्रमण गरेको हो । चीनले सीमानामा नेपालको स्थानीय प्रशासनलाईसमेत जानकारी नदिएर संरचना बनाएपछि स्थानीयले विरोध जनाएका छन् ।

    चीनले दशगजा क्षेत्रमै एकलौटी तारबार लगाएर सीमा अतिक्रमण गरेको बारेमा कुनै जानकारी नभएको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । आफूहरुसँग समन्वय पनि नगरिएको उनको भनाइ छ ।

    परराष्ट्र मन्त्रालयलाई समेत झुक्याएर चीनले दशगजासम्मै तारबार गरेर सीमा अतिक्रमण गरेको खुलेको छ । मन्त्रालयलाई रुई नाकामा दशगजाभन्दा पर तारबार गरिएको जानकारी गराए पनि त्यहाँ पुगेका कर्मचारी र स्थानीयले दशगजाभित्रै छिरेर तारबार गरेको यथार्थ बाहिर ल्याएका हुन् ।

    स्थानीय छिरिङ लामाले रुइला नाकाको दशगजाभित्र आएर चिनियाँ पक्षबाट फलामे तारबार लगाएको बताए । दशगजा क्षेत्रमै चीनले तारबार लगाएपछि नेपाल–चीन आवतजावत पनि ठप्प भएको लामाले गुनासो गरे । तारबारले अत्यावश्यक दैनिक उपभोग्य सामग्री ल्याउन पनि समस्या परेको उनको गुनासो छ ।

    उनकाअनुसार यहाँ चीनले तारबार गरेर गेटमा भोटे ताल्चा लगाएको त्यहाँ पुगेका प्रत्यक्षदर्शी स्थानीयले जानकारी गराएका छन् । गेटमा ताल्चा लगाएर सीसीटीभी क्यामेराबाट निगरानी गरिरहेको र त्यहाँ जाने नेपालीलाई चिनियाँ सुरक्षाकर्मीले दुर्व्यवहार तथा ज्यादती गर्ने गरेको स्थानीयको गुनासो छ ।

    यसअघि यहाँकै एक नाकामा एक जना बौद्ध भिक्षुलाई चिनियाँ सुरक्षाकर्मीले दुर्व्यवहार गरेर फर्काएपछि विवाद भएको थियो ।

    आषाढ ९, २०७९ बिहिवार १६:४०:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल-चीन-सीमा-विवाद

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend