Logo

बिहिवार, श्रावण २६ गते २०७९

images

कार्बन उत्सर्जनलाई शून्यमा पुर्‍याउन उद्योगको मुख्य भूमिका : राष्ट्रपति कोविन्द

कार्बन उत्सर्जनलाई शून्यमा पुर्‍याउन उद्योगको मुख्य भूमिका : राष्ट्रपति कोविन्द

नेपाल पाना आषाढ १० २०७९
  • 2.2K
    SHARES
  • कार्बन उत्सर्जनलाई शून्यमा पुर्‍याउन उद्योगको मुख्य भूमिका : राष्ट्रपति कोविन्द

    नयाँ दिल्ली । राष्ट्रपति राम नाथ कोविन्दले भारतको नेट शून्य उत्सर्जन प्रतिज्ञाको लागि उद्योगको मुख्य भूमिका भएको बताएका छन्। उनले कम विकसित क्षेत्रहरूको विकासलाई बढावा दिन व्यक्तिगत र सामूहिक रूपमा पहलहरु अपनाउन व्यवसायी समुदायलाई आग्रह गरेका छन्।

    राष्ट्रपतिले कानपुरमा मर्चेन्ट्स चेम्बर अफ उत्तर प्रदेशको ९०औँ वार्षिकोत्सवको अवसरमा बोल्दै जलवायु परिवर्तनलाई कम गर्ने अहिलेको मुख्य काम भएकोसमेत बताएका छन्। जलवायु परिवर्तनलाई गम्भीर समस्याको रूपमा लिँदै राष्ट्रपति कोविन्दले सरकारले सन् २०३० सम्ममा भारतले आफ्नो कार्बन उत्सर्जनलाई एक अर्ब टनले घटाउने र सन् २०७० सम्ममा शुद्ध शून्य उत्सर्जन अर्थतन्त्र बन्‍ने प्रयास गरेको बताए।

    'यो लक्ष्य हासिल गर्न उद्योगहरूको सहयोग महत्त्वपूर्ण छ। विश्वभरका धेरै कम्पनीहरूले शून्य कार्बन अर्थतन्त्रमा योगदान दिइरहेका छन्। त्यसैले उद्योगका प्रतिनिधिहरूबाट विद्यमान उद्योगमा प्रदूषण कम गर्ने मात्र नभई वातावरणमैत्री नयाँ उद्योग स्थापनामा पनि योगदान पुर्‍याउने अपेक्षा गरिएको छ,' राष्ट्रपतिले भने।

    गत सेप्टेम्बरमा भएको जलवायु सम्मेलनमा सरकार प्रमुखहरुले कार्बन उत्सर्जनलाई शून्यमा झार्ने लक्ष्य लिएका छन्। उक्त लक्ष्य अनुसार सरकारहरुले काम गर्नुपर्ने हुन्छ। विश्वकै सबैभन्दा दोस्रो ठूलो कार्बन उत्सर्जन गर्ने चीनले भने कोइलाको प्रयोगलाई थप बढावा दिइरहेको छ।

    आषाढ १०, २०७९ शुक्रवार ०८:५९:३९ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend