Logo

बिहिवार, श्रावण २६ गते २०७९

images

‘टी टेन इन्डोर क्रिकेट लिग’ ललितपुरमा, खेलाडीको उल्लेख्य सहभागिता

‘टी टेन इन्डोर क्रिकेट लिग’ ललितपुरमा, खेलाडीको उल्लेख्य सहभागिता

नेपाल पाना आषाढ १० २०७९
  • 3.1K
    SHARES
  • ‘टी टेन इन्डोर क्रिकेट लिग’ ललितपुरमा, खेलाडीको उल्लेख्य सहभागिता

    काठमाडौं । ललितपुरमा आजदेखि ‘टी टेन इन्डोर क्रिकेट लिग’ सञ्चालन हुँदैछ।

    एस स्पोर्टस् एण्ड इभेण्ट्सको आयोजनामा ग्वार्कोस्थित बलपार्क स्पोर्ट्स एण्ड इभेण्ट्सको इन्डोर हलमा आज शुक्रबारदेखि पाँच दिनसम्म हुन लागेको उक्त प्रतियोगितामा उपत्यकाका तिनै जिल्लाका विद्यार्थी एवं युवा मिश्रित १० वटा समूहबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताका लागि सम्पूर्ण तयारी सकिएको आयोजक संस्थाका प्रमुख तथा आयोजक टोलीका कप्तान सर्वोच्च बस्नेतले जानकारी दिए ।

    असार १० देखि १४ गतेसम्म हुने प्रतियोगितामा विभिन्न कलेजमा अध्ययनरत र बाहिरी क्रिकेट खेलाडीहरु सहभागी हुँदैछन् । प्रतियोगिताको टाइटल स्पोन्सर ट्वान्टी फष्ट रेष्टो, पेप्सीकोला, इभेन्ट स्पोन्सर ई हब इन्टरनेशनल कन्सल्टेन्सी, मुख्य प्रायोजकमा जीसीडी एच आर एण्ड म्यानेजमेन्ट कन्सल्टेन्सी र तिनकुनेस्थित आइएसएमटी कलेज रहेका छन् ।

    आयोजक संस्थाले पहिलोपटक यस किसिमको उपत्यकाव्यापी प्रतियोगिता गर्न लागेको हो । उक्त संस्था चर्चित क्रिकेट खेलाडी र क्रिकेटप्रेमी मिलेर सञ्चालनमा आएको हो । इन्डोरको फुल कोर्टमा हुने प्रतियोगिताको विजेताले नगदसहित प्रमाणपत्र र अवार्ड पाउनेछन् ।

    प्रतियोगिताभर ४ सयभन्दा बढी क्रिकेटप्रेमी र खेलाडी सहभागी हुने अपेक्षा आयोजकले गरेको छ । त्यस्तै इजुकेशनल प्रयोजकमा ग्लोबेन्सी कन्सल्टेन्सी र अन्य प्रायोजनमा वील्सन कन्सल्टेन्सी, मेगासिटी इन्जिनियरिंग र ट्रेनर जेम्स इन्स्टिच्युसन रहेका छन् । त्यस्तै आउटफिट प्रायोजन आरजे स्पोर्टस् रहेको छ ।

    आषाढ १०, २०७९ शुक्रवार १०:१२:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # खेलकुद्

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend