काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले देश र जनताको पक्षमा दुईटा क्रान्तिकारी निर्णय गरेको छ ।
जनताको गुनासोलाई दुकार्ने अघिल्ला सरकारको कार्यशैली रहेकोमा देउवाले सरकारले जनगुनासोलाई तुरुन्त सम्बोधन गरेर जनहितमा निर्णय गरेको हो । यो सातामात्रै देउवा सरकारले राष्ट्र र जनताको हितमा दुईटा निर्णय गरेको छ ।
पहिलो त अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीमा सामेल हुन् कम्युनिस्ट सरकारको पालामा गरिएको प्रस्ताव खारेज गरेको छ । राष्ट्रियता, भौगलिग अखण्डता, असंलग्न परराष्ट्र नीति र भूराजनीतिक सुरक्षा संवेदनशीलतालाई ख्याल नगरी कम्युनिस्टहरुले देशलाई समारिक स्वार्थको भूमरीमा हाल्नेगरी गरेको प्रस्ताव खारेज गरेर देउवाले राष्ट्रवादी तथा क्रान्तिकारी निर्णय गरेका छन् । यसमा जनताको चाहना र देशको हितअनुसार एसपीपी खारेज गरिएको हो ।
त्यसैगरी देउवा सरकारले अर्को क्रान्तिकारी निर्णय पेट्रोलियम पदार्थ घटाएर गरेको छ । रुस युक्रेन युद्धले निरन्तर पेट्रोलियम पदार्थको मूल्य बढे पनि महंगी नियन्त्रण तथा जनतालाई राहत दिन सरकारले विकाससँग प्रत्यक्ष सरोकार राख्ने कर घटाएर मूल्यमा भारी कटौती गरेको हो ।
पेट्रोलियम पदार्थमा लगाइएको कर समायोजन गरेर सरकारले पेट्रोलमा प्रति लिटर २० र डिजलमा २९ रुपैयाँ घटाएको छ । अब पेट्रोल प्रति लिटर १७९ रुपैयाँ र डिजेल प्रति लिटर १६३ रुपैयाँ प्रति लिटर कामय भएको छ । यो निर्णय शनिबार राति १२ बजेदेखि कार्यान्वयनमा आउने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिए ।
देउवा सरकार आएपछि अन्य जनजीविकाका सवालमा उठेका आवाजहरुलाई सम्बोधन गरिदै आएको छ । देउवा सरकारकै पहलमा लाखौ नागरिक नागरिकताबाट वञ्चित भइरहेको अवस्था अन्त्य गर्न पहल थालिएको छ । नागरिकता विधेयक सदनमा अगाडि बढाउन देउवा सरकारले सर्वदलीय सहमतिको वातावरण निर्माण गर्न प्रयास गरेको छ ।