Logo

बिहिवार, श्रावण २६ गते २०७९

images

प्रचण्डले ट्वीटरमा ८ जनालाई मात्र फलो गर्छन्, सबै छोरी–नातिनी र अमेरिकी राजनीतिज्ञ 

प्रचण्डले ट्वीटरमा ८ जनालाई मात्र फलो गर्छन्, सबै छोरी–नातिनी र अमेरिकी राजनीतिज्ञ 

नेपाल पाना आषाढ १२ २०७९
  • 2.1K
    SHARES
  • प्रचण्डले ट्वीटरमा ८ जनालाई मात्र फलो गर्छन्, सबै छोरी–नातिनी र अमेरिकी राजनीतिज्ञ 
    काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जाल ट्वीटरमा जम्मा ८ जनालाई मात्र फलो गरेका छन् । 

    उनले फलो गरेका ८ जना सबै कि त उनकै परिवारका सदस्य (छोरी र नातिनी) छन् कि अमेरिकी राजनीतिज्ञ । 

    प्रचण्डले फलो गरेकामध्ये तीन जना परिवारका सदस्य र बाँकी ५ जना अमेरिकी राजनीतिज्ञ छन् ।

    उनले छोरीहरु रेनु दाहाल र गंगा दाहाल र नातिनी सृष्टी दाहाल केसीलाई फलो गरेका छन् । यस्तै उनले फलो गरेका विदेशीमा अमेरिकी राष्ट्रपति जो बाइडेन, अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा, अमेरिकी पूर्वराष्ट्रपति विल क्लिन्टन र अमेरिकी पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन रहेका छन् । 

    माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा), नेपालका संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई कसैलाई पनि ट्वीटरमा फलो गरेका छैनन् । 

    ट्वीटरमा उनको आधिकारिक ट्वीटर ह्याण्डिल ‘एटसीएमप्रचण्ड’ रहेको छ । ट्वीटरले भेरीफाइ गरेको उनले उक्त ह्याण्डिलबाट उनले आफ्नै पार्टीको कुनै एक नेतालाई पनि फलो गरेका छैनन् । यो समाचार तयार पार्दासम्म उनलाई ट्वीटरमा ३ लाख ६३ हजार ९१९ जनाले फलो गरेका छन् । 

    आषाढ १२, २०७९ आइतवार १३:५५:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ट्वीटर

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend