Logo

बिहिवार, श्रावण २६ गते २०७९

images

जी— ७ समूह राष्ट्रले रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने

जी— ७ समूह राष्ट्रले रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने

नेपाल पाना आषाढ १३ २०७९
  • 2.5K
    SHARES
  • जी— ७ समूह राष्ट्रले रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने

    न्युयोर्क । मस्कोमाथि थप प्रतिबन्ध लगाउने पहलस्वरुप जी— ७ समूह राष्ट्रले रुसी सुन आयातमा प्रतिबन्ध लगाउने भएको छ । यसबारे औपचारिक रुपमा मंगलबार घोषणा हुने जनाइएको छ ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीटरमा भनेका छन्, ‘एकसाथ जी— ७ समूहले रूसी सुनको आयातमा प्रतिबन्ध लगाउने विषयमा घोषणा गर्नेछौं ।’ जी७ समूहका सदस्य राष्ट्रले अर्बौ डलर बराबरको सुन निर्यात गर्छन् ।

    बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी सुनमाथिको प्रतिबन्धले ‘रूसी कुलीन वर्गलाई प्रत्यक्ष असर गर्ने र पुटिनको युद्ध मेसिनको मुटुमा प्रहार गर्ने’ टिप्पणी गरेका छन् ।

    पुटिनले अर्थहीन र बर्बर युद्धमा आफ्नो घट्दो स्रोतहरू खेर फालिरहेको उनले आरोप लगाए ।

    उनले युक्रेनी र रूसी जनता दुवैको खर्चमा आफ्नो अहंकार प्रदर्शन गरेकोसमेत आरोप लगाए ।

    आषाढ १३, २०७९ सोमवार ०८:५१:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जी— ७ समूह

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend