काठमाडौं । मधेस प्रदेश सरकारले पहिलोपटक युवा महोत्सव आयोजना गर्ने निर्णय गरेको छ ।
प्रदेश महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहको परिकल्पनामा यही असार १५ र १६ गते महोत्सव आयोजना हुन लागेको हो । ‘समुन्नत मधेस प्रदेशका लागि साझा अठोट’ नाराका साथ पहिलो मधेस प्रदेश युवा महोत्सव २०७९ आयोजना गरिएको मन्त्री सिंहले जानकारी दिए ।
महोत्सवमा मधेस मन्थन, मधेस जागरण, मधेस हदिया, सांस्कृतिक साँझ, मधेस मान तथा घोषणापत्र सार्वजनिक हुने बताइएको छ । उद्योग वाणिज्य संघ जनकपुर परिसरमा हुने महोत्सवमा सम्पूर्ण युवा तथा सरोकारवालाहरुलाई सहभागिताको लागि मन्त्री सिंहले आपिल गरेका छन् ।
युवामैत्री प्रदेश बनाउन सरकार प्रतिबद्ध रहेको मन्त्री सिंहले स्पष्ट पारे ।