Logo

बिहिवार, श्रावण २६ गते २०७९

images

अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौं अस्ट्रेलियाली सडकमा

अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौं अस्ट्रेलियाली सडकमा

नेपाल पाना आषाढ १९ २०७९
  • 1.9K
    SHARES
  • अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौं अस्ट्रेलियाली सडकमा
    सिड्नी । अमेरिकाको सर्वोच्च अदालतले महिलाको गर्भपतनको संवैधानिक अधिकार  खारेज गरेको विरोधमा हजारौं अस्ट्रेलियालीहरू देशभर  विरोध प्रदर्शनमा उत्रिएका छन् । 

    सर्वोच्च अदालतले गत साता एतिहासिक १९७३ को रो भी वेड निर्णयलाई उल्ट्याउँदै गर्भपतन प्रतिबन्ध गर्ने अधिकार राज्यहरुलाई पुनस्र्थापना गरिदिएको थियो । 

    अष्ट्रेलियाको सबैभन्दा ठूलो ¥यालीमा करिब १५ हजार महिला र पुरुषले मेलबर्नमा प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले ‘मैले हजुरआमाबाट यो चिन्ह लिएको छु’ र ‘सबैले शारीरिक स्वायत्तताको अधिकारका हकदार छन्’ जस्ता प्लेकार्ड बोकेका थिए । 

    अमेरिकामा जस्तै अष्ट्रेलियामा पनि गर्भपतनसम्बन्धी कानुन राज्यहरु नै तय गर्छन् । देशको सबैभन्दा बढी जनसंख्या भएको न्यु साउथ वेल्सले सन् २०१९ मा गर्भपतनलाई वैधानिकता दिएको छ । न्यु साउद वेल्स गर्भपतनलाई अधिकार दिने अष्ट्रेलियाको अन्तिम राज्य हो ।  

    आषाढ १९, २०७९ आइतवार ०९:१९:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमेरिकामा गर्भपतन

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend