Logo

बिहिवार, श्रावण २६ गते २०७९

images

बालबालिका जोगाउन एक्सनमा मन्त्री सिंह : धनुषा र बाराको बाल हेल्प लाइनलाई फर्निचरसहित विभिन्न सामग्री प्रदान

बालबालिका जोगाउन एक्सनमा मन्त्री सिंह : धनुषा र बाराको बाल हेल्प लाइनलाई फर्निचरसहित विभिन्न सामग्री प्रदान

नेपाल पाना आषाढ २१ २०७९
  • 2.8K
    SHARES
  • बालबालिका जोगाउन एक्सनमा मन्त्री सिंह : धनुषा र बाराको बाल हेल्प लाइनलाई फर्निचरसहित विभिन्न सामग्री प्रदान

    जनकपुर । मधेस प्रदेश महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयले धनुषा र बाराका हेल्प लाइन तथा खोजतलास केन्द्रलाई फर्निचर लगायत सामग्री उपलब्ध गराएको छ।

    बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ जनकपुर, बाल हेल्प लाइन १०९८ धनुषा र बाल हेल्प लाइन १०९८ बाराको कार्यालयलाई मंगलबार महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले फर्निचरलगायत सामग्री हस्तान्तरण गरेका हुन्।

    बालबालिकाका क्षेत्रमा प्रभावकारी तरिकाले काम गर्न सहज होस् भन्ने उदेश्यले सामग्री वितरण गरिएको मन्त्री सिंहले बताए।

    मन्त्रालयले बालबालिकासम्बन्धी काम गर्ने कार्यालयहरुलाई अफिस दराज, अफिस टेबल, कुर्सी, टिभी, साउन्ड सिस्टम, पानी फिल्टरलगायत विभिन्न सामाग्री उपलब्ध गराएको हो ।

    आषाढ २१, २०७९ मंगलवार १७:१४:३३ बजे : प्रकाशित

    नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend