Logo

सोमवार, मंसिर १२ गते २०७९

देउवा सरकारको चट्टानी अडानसामू चीनले घुँडा टेक्यो, अब मिचिएका सीमा फिर्ता हुने

देउवा सरकारको चट्टानी अडानसामू चीनले घुँडा टेक्यो, अब मिचिएका सीमा फिर्ता हुने

नेपालपाना श्रावण ५ २०७९
  • 27.6K
    SHARES
  • देउवा सरकारको चट्टानी अडानसामू चीनले घुँडा टेक्यो, अब मिचिएका सीमा फिर्ता हुने

    काठमाडौं । उत्तरी छिमेकी चीन सीमामा देखिएको समस्या पहिचान तथा सुल्झाउन तयार भएको छ । 

    कम्युनिस्ट सरकार भएको बेला सीमामा समस्या नै नभएको दाबी गर्ने चीन शेरबहादुर देउवा सरकारको चट्टानी अडानसामू झुक्दै सीमामा संयुक्त निरीक्षण तथा मिचिएका सीमा फिर्ता गर्न तयार भएको हो ।

    देउवा सरकारका परराष्ट्रमन्त्री डा. नारायण खड्काको चतुर कुटनीतिक कदमले चीनले घुँडा टेकेको हो । चीन अब लामो समयदेखि रोकिएको सीमाको संयुक्त रुपमा निरीक्षण तथा मिचिएको ठाउँमा भूमि फिर्ता गर्न सहमत भएकझ हो ।  

    परराष्ट्र मन्त्रालयका अनुसार असार ३० गते दुई देशबीच सीमा मामिला बैठक भएको थियो । बैठकमा नेपालले लामो समयदेखि रोकिएको संयुक्त सीमा अनुगमन तथा निरीक्षण हुनुपर्ने र ठाउँठाउँमा देखिएको सीमा मिचिएको समस्या समाधान हुनुपर्ने अडान लिएको थियो । जसलाई चीनले मानेको हो । यसअघि कम्युनिस्ट सरकार हुँदा सीमा मिचेर समस्या नै छैन भनेर घुर्की लगाउने र त्यसलाई नेपालका कम्युनिस्टले संरक्षण गर्ने अवस्थाबाट देउवा सरकारले करेक्सन गरेर चीनलाई घुँडा टेकाउन सफल भएको हो । 

    हाल चीनले नेपालको हुम्ला र गोरखामा सीमा अतिक्रमण गरेको छ । जसलाई देउवा सरकारले दृढतापूर्वक उठाएको छ । त्यतिमात्रै होइन महंगोमा ऋण भित्र्याउने बीआरआई परियोजनामा हचुवामा औठा छाप लगाउने कम्युनिस्टहरुको कदमलाई पनि देउवा सरकारले लगाम लगाएको छ । अनुदान दिएमात्रै बीआरआई अगाडि बढाउने स्पष्ट अडान राखेको छ ।

    यस्तोमा चीन सीमा समस्या सुल्झाउन र मिचिएको ठाउँमा फिर्ता गर्न तयार भएको हो । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाल चीन सीमा मामिला बैठकमा सीमा निरीक्षण गर्ने सहमति जुटेको बताइन् । ‘बैठकमा नेपाल चीन लामो समयदेखि रोकिएको संयुक्त सीमा निरीक्षण अगाडि बढाउने सहमति भएको छ,’ उनले भनिन् ।

    श्रावण ५, २०७९ बिहिवार १९:२९:१९ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend