Logo

बिहिवार, श्रावण २६ गते २०७९

images

नागरिकता विधेयक बहिष्कार गरेर अमरेश मस्ती गर्न दिल्ली पुगेपछी मधेसी जनता आक्राेशित, पुत्ला जलाउने तयारी

नागरिकता विधेयक बहिष्कार गरेर अमरेश मस्ती गर्न दिल्ली पुगेपछी मधेसी जनता आक्राेशित, पुत्ला जलाउने तयारी

नेपाल पाना श्रावण ७ २०७९
  • 11.4K
    SHARES
  • नागरिकता विधेयक बहिष्कार गरेर अमरेश मस्ती गर्न दिल्ली पुगेपछी मधेसी जनता आक्राेशित, पुत्ला जलाउने तयारी

    काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले नागरिकता संशोधन विधेयक २०७९ लाई बहिष्कार गरेका छन् ।

    अरु बेला मधेसका लागि लड्ने आफू नै हुँ भनेर दुहाई दिने, मधेसको नेता मै हुँ, मधेसी जनताको मसिहा हुँ भनेर धाक लाउने अमरेश मधेसी जनताको नागरिकता पाउनेजस्तो विशिष्ट अवसरमा अनुपस्थित भएर बहिस्कार गरेका हुन् । लाखौ मधेसी जनताले नागरिकता पाउनेगरी कानुनको रुप पाउन सदनबाट विधेयक पारित गर्दा अमरेश दिल्लीमा बसेर घुमिरहेका थिए ।

    जनजीविकाको सवालसँग प्रत्यक्ष जोडिने नागरिकताजस्तो संवेदनशील विधेयकलाई पारित गराउन आफै लबिइङ गरेर खट्नुपर्नेमा त्यसबाट भागेर अमरेश दिल्लीमा घुम्दै रमाइलो गर्दै बसेका हुन् । मुखमा भन्ने बेला आफू मधेसी जनताको मसिहा नै हुँ भन्ने तर व्यवहार भने बहिस्कारको देखाएपछि अमरेश धोकेबाज भन्दै मधेसमा विरोध नै सुरु भएको छ ।

    यदि नागरिकता पारित गर्दा ध्वनी मत नभई मत विभाजनबाट भोटिङमै गएको भए र त्यहाँ एक मतका कारणले विधेयक पारित नहुने अवस्था आउने कुरालाई अमरेशले पुरै नजरअन्दाज गरेर दिल्लीमा रमाइरहेका हुन् ।

    एक हिसाबले भन्ने हो भन्ने अमरेश नागरिकता विधेयकमा छलफल सुरु भएदेखि दिल्लीतिर लागेका थिए । पारित हुँदा पनि उतै बसिरहेका छन् । यसरी हेर्दा अमरेश नागरिकता विधेयक छल्न नै दिल्ली गएको देखिएको छ । यो भनेको उनले यो विधेयक पारित नहोस् भनेर बहिष्कार गरेको अवस्था हो ।

    लाखौ मधेसी युवाको भविष्यसँग जोडिएको विषयमा अमरेशले खेलवाड गरेपछि उनको निर्वाचन क्षेत्रसहित कांग्रेसभित्र र समग्र मधेसमै असन्तुष्टि छाएको छ । जिल्ला जिल्लामा युवाहरुले अमरेशको पुत्ला जलाउने तयारी पनि गरेका छन् ।

    श्रावण ७, २०७९ शनिवार १७:०६:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमरेश सिंह

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend