Logo

आइतवार, मंसिर १८ गते २०७९

सर्लाहीमा गर्जिए कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, अन्तर्घातीहरुको सातो गयो

सर्लाहीमा गर्जिए कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, अन्तर्घातीहरुको सातो गयो

नेपाल पाना श्रावण ८ २०७९
  • 11.8K
    SHARES
  • सर्लाहीमा गर्जिए कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, अन्तर्घातीहरुको सातो गयो

    सर्लाही । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सर्लाही पुगेका छन् । हरिवनमा आयोजित कांग्रेसको अगुवा कार्यकर्ता भेला तथा भेटघाट कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुगेका खड्काले पार्टीभित्रका अन्तर्घातीहरुको सातो लिएका छन् । सर्लाहीमा अमरेश सिंह पक्षले चरम अन्तर्घात गर्दै आएको छ ।

    नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीको आयोजना तथा जिल्ला सभापति सुरेन्द्र सिंहको अध्यक्षतामा हरिवन स्थित सगुन सहकारी संस्थाको सभाहलमा आयोजित अगुवा कार्यकर्ता भेला तथा भेटघाट कार्यक्रममा उपसभापति एवं पूर्वगृहमन्त्री खड्काले निर्वाचनको समयमा पार्टीसँग अन्तरघात गर्ने व्यक्तिलाई पार्टीबाट निष्काशन गर्न सक्ने अधिकार पार्टीको जिल्ला कार्यसमितिलाई रहेको बताए ।

    उनले कांग्रेसको १४औं महाधिवेशन पछि बनेको पार्टीको विधान अनुसार अनुशासन कमिटी गठन गरेर कार्यवाही गर्ने अधिकार जिल्ला कार्यसमितिलाई दिएको बताउँदै त्यस्ता अन्तर्घातीलाई जिल्ला कार्यसमितिको प्रमुखले पार्टीबाट निलम्बन गर्न सक्ने बताए। उनले काँग्रेसलाई सबल, सक्षम र गतिशील बनाउन सबै तहका समितिहरू सक्रिय हुनुपर्ने समेत बताए ।

    उपसभापति खडकाले जसरी स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले सफलता पायो, त्यसरी नै संघीय र प्रदेशको निर्वाचनमा पार्टीलाई जिताएर कांग्रेसलाई पहिलो पार्टी बनाउनु सबैको मुख्य ध्येय रहेको बताए ।

    कार्यक्रममा पार्टीका जिल्ला सभापति सिंह र उपसभापति डा.सरोज यादवले जिल्ला कार्यसमितिको तर्फबाट प्रमुख अतिथि पार्टीका केन्द्रीय सभापति एवं पुर्व गृहमन्त्री खडकालाई उपहार स्वरूप मायाको चिनो प्रदान गरेका थिए ।

    श्रावण ८, २०७९ आइतवार १२:००:०४ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend