Logo

मंगलवार, मंसिर १३ गते २०७९

समान्थाले किनिन् पूर्व पति नागाको घर

समान्थाले किनिन् पूर्व पति नागाको घर

नेपाल पाना श्रावण १३ २०७९
  • 9.2K
    SHARES
  • समान्थाले किनिन् पूर्व पति नागाको घर

    काठमाडौं । साउथ फिल्म स्टार समान्था रुथ प्रभुको नाम पूर्व पति तथा अभिनेता नागा चैतन्यलाई लिएर प्रायः जोडिने गरेको छ । यिनै समान्थाले हालैमात्र नागाको हैदाराबादस्थित एक पुरानो घर किनेकी छन् ।

    यो घर किन्न उनले दुई गुना बढी पैसा तिर्नु परेको छ । सन् २०२१ मा समान्था र नागाले सामाजिक सञ्जालमार्फत सम्बन्धविच्छेदको घोषणा गरेका थिए । त्यसपछि उनीहरुको बाटो सदाका लागि अलग–अलग रह्यो । तर हैदराबादस्थित नागाको यो घर समान्थाले किनेपछि पुनः यो जोडी चर्चामा छन् । उनले किनेको यो घरमा कुनै समय उनी नागासँग बस्थिइन् ।

    तर सम्बन्धविच्छेदपछि दुवैको सहमतिमा यो घर बेचिएको थियो । अहिले पुनः यो आलिशान घरलाई समान्थाले दुई गुना मूल्यमा किनेकी छन् । लामो समयदेखि ठूलो पर्दामा नदेखिएकी समान्था चाँडै नै फिल्म ‘यशोदा’मार्फत दर्शकमाझ पुनरागमन गर्दैछिन् । यो तमिल फिल्म अगष्ट १२ मा रिलिज हुँदैछ ।

    श्रावण १३, २०७९ शुक्रवार १०:४७:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मनोरञ्जन
  • # समान्था

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend