Logo

बिहिवार, श्रावण २६ गते २०७९

images

निर्वाचनकाे मिति घाेषणाकाे तयारीमा सरकार, माहाेल मिलाउँदै गृहमन्त्री खाण, प्रचण्डलाई भेटे

निर्वाचनकाे मिति घाेषणाकाे तयारीमा सरकार, माहाेल मिलाउँदै गृहमन्त्री खाण, प्रचण्डलाई भेटे

नेपाल पाना श्रावण १३ २०७९
  • 1.5K
    SHARES
  • निर्वाचनकाे मिति घाेषणाकाे तयारीमा सरकार, माहाेल मिलाउँदै गृहमन्त्री खाण, प्रचण्डलाई भेटे

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान खुमलटारमा दुई नेताबीच समसामयिक विषयवस्तुबारे कुराकानी भएको छ ।

    नागरिकता विधेयक, संघ र प्रदेश निर्वाचनको मिति घोषणालगायत विषयमा कुराकानी भएको बुझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मिति घोषणा गर्न विभिन्न दलका प्रमुख र कांग्रेसकै नेताहरूसँग परामर्श गरिरहेका छन् ।

    देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि निर्वाचनको मिति घोषणा गर्न लागेको जानकारी गराएका थिए । तर, प्रचण्डले एक दुई दिन पर्खिन सुझाव दिएका थिए ।

    बिहीबार आयोजित एक कार्यक्रममा प्रचण्डले आफूले प्रधानमन्त्री देउवालाई केही दिन पर्खन भनेको र चाँडै निर्वाचनको मिति घोषणा हुने बताएका थिए ।

    श्रावण १३, २०७९ शुक्रवार १०:५०:३१ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend