Logo

बिहिवार, श्रावण २६ गते २०७९

images

प्रधानमन्त्री देउवाले अर्को ठूलो राजनीतिक निर्णय लिँदै, गठबन्धन नै उथलपुथल हुने

प्रधानमन्त्री देउवाले अर्को ठूलो राजनीतिक निर्णय लिँदै, गठबन्धन नै उथलपुथल हुने

नेपाल पाना श्रावण १७ २०७९
  • 2.4K
    SHARES
  • प्रधानमन्त्री देउवाले अर्को ठूलो राजनीतिक निर्णय लिँदै, गठबन्धन नै उथलपुथल हुने

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ राजनीतिक निर्णय लिने तयारी गरेका छन् ।
     
    सत्ता गठबन्धन नै उथलपुथल हुने गरी प्रधानमन्त्री देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सरकारमा सहभागी गराउने तयारी गरेका छन् ।

    उपेन्द्र यादवको जसपालाई आउट गरेर प्रधानमन्त्री देउवाले महन्थ ठाकुर नेतृत्वको लोसपालाई सरकारमा ल्याउन लागेका हुन् । 

    आफूले उठाएको नागरिकता कानुन संसदबाट पारित भएपछि लोसपा सरकारमा जान तयार भएको छ । यसअघि नागरिकता अध्यादेश ल्याउँदा लोसपाले केपी ओलीको एमाले सरकारलाई साथ दिएको थियो । अहिले सरकारले संसदबाट नागरिकता ऐन पारित गराएर प्रमाणीकरणकै प्रक्रियामा पठाएपछि लोसपाले देउवा सरकारलाई साथ दिएर सरकारमा सहभागी हुने निर्णय गरेको हो । 

    सरकारमा सहभागी हुनेबारे प्रधानमन्त्री देउवाले लोसपा अध्यक्ष महन्थ ठाकुर र नेताहरुसँग छलफल गरिसकेका छन् । 

    लोसपा नेताहरु पनि आफूहरुले उठाएको प्रमुख मुद्धा नागरिकता विधेयक प्रमाणीकरण हुने चरणमा पुगेकाले सरकारमा जानेबारे सकारात्मक छलफल भएको बताएका छन् । लोसपालाई कम्तीमा दुई मन्त्रालय र एक राज्यमन्त्री दिने तयारी छ ।

    श्रावण १७, २०७९ मंगलवार १४:०५:५२ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend