Logo

बिहिवार, श्रावण २६ गते २०७९

images

निर्वाचनको मिति घोषणा भएपछि संसद स्वतः भंग हुन्छः भीमार्जुन आचार्य

निर्वाचनको मिति घोषणा भएपछि संसद स्वतः भंग हुन्छः भीमार्जुन आचार्य

नेपाल पाना श्रावण १७ २०७९
  • 2.9K
    SHARES
  • निर्वाचनको मिति घोषणा भएपछि संसद स्वतः भंग हुन्छः भीमार्जुन आचार्य

    काठमाडौं । संविधानवीद् भीमार्जुन आचार्यले सरकारले निर्वाचनको मिति घोषणा गरेपछि अहिलेको संसद स्वतः भंग हुने बताएका छन् ।

    आचार्यले आज सामाजिक सञ्जाल ट्वीटर मार्फत निर्वाचनको मिति घोषणा गरेपछि संसद विघटन गरिराख्नु नपर्ने समेत जनाएका छन् ।

    ‘प्रतिनिधि सभाको कार्यकाल ५ बर्षको हो । कार्यकाल सकिनुअघि अर्थात मंसिर १० गते भित्र निर्वाचन सम्पन्न भइसक्नु पर्छ,’ संविधानवीद् आचार्यले भनेका छन्, ‘निर्वाचनको मिति घोषणा भएपछि संसद् स्वतः भंग हुन्छ । फेरि विघटन गरिराख्नु पर्देन ।’ संसद नै नरहेपछि सांसद समेत नरहने उनले बताएका छन् । ‘स्थापित मान्यताको कदर गरौ,अति नगरौं,’ उनले लेखेका छन् ।

    श्रावण १७, २०७९ मंगलवार १९:१९:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भीमार्जुन आचार्य

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend