Logo

बिहिवार, श्रावण २६ गते २०७९

images

फाल्तु नबोल्ने र बोलेको पूरा गर्ने क्रेडिबल नेता देउवा भन्दै रामकुमारी झाँक्रीले गरिन प्रधानमन्त्रीको खुलेरै प्रशंसा

फाल्तु नबोल्ने र बोलेको पूरा गर्ने क्रेडिबल नेता देउवा भन्दै रामकुमारी झाँक्रीले गरिन प्रधानमन्त्रीको खुलेरै प्रशंसा

नेपालपाना श्रावण १९ २०७९
  • 8.8K
    SHARES
  • फाल्तु नबोल्ने र बोलेको पूरा गर्ने क्रेडिबल नेता देउवा भन्दै रामकुमारी झाँक्रीले गरिन प्रधानमन्त्रीको खुलेरै प्रशंसा

    काठमाडौं । निवर्तमान शहरी विकासमन्त्री एवं नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको खुलेरै प्रशंसा गरेकी छन् । 

    एक टेलिभिजन अन्तर्वार्तामा उनले प्रधानमन्त्री देउवा इमान्दार, जथाभावी नबोल्ने, बोलेको पूरा गर्ने, समझदार र क्रेडिबल नेता भन्दै प्रशंसा गरेकी हुन् । उनले मन्त्रिपरिषदमा देउवासँग काम गर्न निकै सहज भएको अनुभव पनि सुनाएकी थिइन् । 

    यस्तो झाँक्रीको अनुभव :

    नबोल्ने मान्छेले गल्ती कम गर्छ । तर नबोल्ने मान्छेले विचार गर्दैन भन्ने चाहि होइन । यो काम यसरी गर्ने हो, यस्तो हो भनेर प्रधानमन्त्रीलाई बुझायो भने यस्तो सजिलो छ काम गर्न । तर उहाँलाई बुझाउनुपर्छ । पाँच पटक प्रधानमन्त्ती हुँदा उहाँ हरेक पटक अफ्ठेरो समयमा हुनुभएको छ । अहिले हामी सांसदहरुले लगेर बनाएको हो नि । उहाँ किन माइलस्टोन, साझा भयो भन्दा उहाँ केही यस्ता खुबी छन् जुन खुबी पोलिटिकल्ली क्रेडिबल छन् । र तमाम कमजोरीका बाबजुद पनि शेरबहादुर देउवा एउटा क्रेडिबल नेता हुनुहुँदो रहेछ । 

    उहाँ बोलेका कुरा सबै गर्नुहुन्छ । राजनीतिमा भ्रष्टाचारको आरोप त्यतिकै लगाइदिने प्रवृत्ति छ । तर प्रधानमन्त्रीले डिफेन्स गर्नुहुन्छ । केपी ओलीले संसदमा आएर मलाई भ्रष्टाचारी भन्ने, सारा सम्पत्ति राज्यलाई दान दिन्छु भन्नुभयो, डिफेन्स गर्नुभयो । झलनाथ खनालले तपाईलेभन्दा पहिला मैले राज्यलाई दिएको छु भन्नुभयो । अर्कोले त्यसैगरी भन्छ । तर प्रधानमन्त्रीले आफ्नो बारेमा त्यसरी डिफेन्स गर्नुहुन्न । 

    त्यस्तै अन्तर मन्त्रालयमा बोलाउँदा प्रधानमन्त्री पूर्णरुपमा मन्त्रालयको विषयमा मात्र बोल्नुहुन्छ । अरु राजनीतिक विषयमा जानुहुन्न । आफ्नो बारेमा अहिलेसम्म डिफेन्स गरेकै थाहा छैन । तर डिफेन्स नगर्दा कतिपय आरोपहरु भ्रमका रुपमा स्थापित हुने रहेछ । उहाँ क्रेडिबल यस मानेमा कि उहाँले गर्ने भनेको निर्णयप्रति एकदमै इमान्दार हुनुहुन्छ ।

    श्रावण १९, २०७९ बिहिवार १२:१०:२९ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend